उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्यस दिनसम्ममा उहाँले आफूले गरेका सृष्टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो।
परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको बेलामा पृथ्वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्यतिञ्जेलसम्म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्ने कोही मानिस थिएन,
उहाँले त्यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए।
[16-17] उहाँले त्यसलाई भन्नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्छस्। त्यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्यही दिन तँ मर्नेछस्।”
उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। त्यसरी तिनीहरूले आ-आफ्ना नाम पाए।
तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”