सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| एसाव, आफ्ना चार सय मानिसहरूसँग आउँदै गरेका याकूबले देखे। उनले आफ्ना छोरा-छोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूका बीचमा बाँडिदिए। |
| 2 |
| उनले दासीहरू र तिनका छोराहरूलाई सबैभन्दा अघि राखे, त्यसपछि लेआ र तिनका छोरा-छोरीहरूलाई राखे र सबैभन्दा पछाडि राहेल र योसेफलाई राखे। |
| 3 |
| तिनीहरू सबैका अघि-अघि याकूब गए र दाजुका छेउमा पुग्दा भूइँ छोएर सातचोटि दण्डवत् गरे। |
| 4 |
| तर एसावले दगुरेर गई याकूबलाई भेटे, उनलाई अँगालो हाले र म्वाइँ खाए। ती दुवै रोइरहेका थिए। |
| 5 |
| एसावले यताउता हेरेर ती स्वास्नी-मानिसहरू र छोरा-छोरीहरूलाई देखे र सोधे, “यी तिमीसित भएका मानिसहरू को हुन्?” “हजुर, यिनीहरू मलाई परमेश्वरले कृपा गरिदिनुभएको मेरा जहान, बालबच्चा हुन्,” याकूबले जवाफ दिए। |
| 6 |
| त्यसपछि ती दुई दासी र तिनका छोराहरू आएर एसावलाई ढोगे। |
| 7 |
| त्यसपछि लेआ र तिनका छोरा-छोरीहरू र सबैभन्दा पछि राहेल र योसेफ आएर तिनलाई ढोगे। |
| 8 |
| एसावले सोधे, “मैले बाटोमा भेटेको मानिस र पशुका हुलहरूको अर्थचाहिँ के हो?” याकूबले उत्तर दिए, “तपाईंको दया पाऊँ भनी त्यसो गरेको हो।” |
| 9 |
| तर एसावले भने, “भाइ, मसित प्रशस्त छ। तिम्रा जे छन्, ती तिमीसितै राख।” |
| 10 |
| याकूबले भने, “होइन, तपाईंको दया ममाथि छ भने मेरा यी सौगात ग्रहण गरिदिनुहोस्। तपाईंले ममाथि यति ठूलो निगाह राख्नुभयो। यसरी तपाईंको दर्शन पाउँदा मलाई त परमेश्वरको दर्शन पाएझैँ भयो। |
| 11 |
| कृपा गरी, मैले तपाईंलाई ल्याएका यी सौगात ग्रहण गरिदिनुहोस्। परमेश्वरले ममाथि दया गर्नुभएको छ र मलाई चाहिने हरेक थोक दिनुभएको छ।” यसरी याकूबले बिन्ती गरिरहे र एसावले ती स्वीकार गरे। |
| 12 |
| एसावले भने, “अब हामी जान तयार गरौं। म तिम्रो अघि-अघि जानेछु।” |
| 13 |
| याकूबले भने, “तपाईं जान्नुहुन्छ कि मेरा छोरा-छोरीहरू दुर्बल छन्। मैले गाई-गोरु, भेडा-बाख्रा र तिनका बच्चाहरूबारे पनि ख्याल राख्नुपर्छ। तिनीहरूलाई एक दिन मात्र पनि साह्रै हिँडाएँ भने सारा बथान मरिजालान्। |
| 14 |
| तपाईं अघि-अघि जानुहोस् र म बिस्तारै पछि-पछि आउनेछु। गाई-वस्तु र बालबच्चासित म जतिसक्दो चाँडो हिँड्नेछु र तपाईंलाई सेइरमा भेट्नेछु।” |
| 15 |
| एसावले भने, “तब मेरा केही मानिसहरू तिमीसित छोडिराख्छु।” तर याकूबले उत्तर दिए, “त्यसको पनि खाँचो छैन। मलाई खालि तपाईंको दया भए पुग्यो।” |
| 16 |
| त्यही दिन एसाव सेइरतर्फ हिँडिहाले। |
| 17 |
| तर याकूब सुक्कोततिर लागे। त्यहाँ उनले आफ्ना लागि एउटा घर र गाई-वस्तुका लागि ओत लाग्न छाप्राहरू बनाए। त्यसकारण त्यस ठाउँको नाम सुक्कोत राखियो। |
| 18 |
| पद्दन-अरामदेखि फर्की आएपछि याकूब कुशलसाथ कनान देशको शकेम सहरमा आइपुगे र सहरको छेउमा एउटा मैदानमा पाल हालेर बसे। |
| 19 |
| मैदानमा त्यो पाल हालेको भाग उनले शकेमका बुबा हमोरका सन्तानबाट चाँदीका एक सय टुक्रामा किने। |
| 20 |
| त्यहाँ उनले एउटा वेदी बनाए र त्यसको नाम इस्राएलका परमेश्वर एल-एलोह-इस्राएल नाम राखे। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/genesis/033.mp3
50
33