सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| जब मानिसहरू सारा संसारभरि फैलिदैगए र तिनका छोरीहरू जन्मे, |
| 2 |
| परमेश्वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। |
| 3 |
| तब परमप्रभुले भन्नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्नेछैन।” |
| 4 |
| ती दिनमा र यसपछि पनि पृथ्वीमा मानवका छोरीहरू र परमेश्वरका छोराहरूबाट जन्मेका सन्तान शूरवीरहरूजस्ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए। |
| 5 |
| पृथ्वीका सबै बासिन्दाहरू कति दुष्ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्थे भनी जब परमप्रभुले देख्नुभयो, |
| 6 |
| तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। |
| 7 |
| उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” |
| 8 |
| तर परमप्रभु नोआसित प्रसन्न हुनुहुन्थ्यो। |
| 9 |
| [9-10] यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्वरको साथमा रहन्थे। |
| 10 |
| 11 |
| तर अरू सबै भने परमेश्वरको दृष्टिमा दुष्ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो। |
| 12 |
| परमेश्वरले संसारलाई हेर्नुभयो र त्यो भ्रष्ट भएको देख्नुभयो किनभने सबै मानिसहरूले भ्रष्ट जीवन बिताइरहेका थिए। |
| 13 |
| परमेश्वरले नोआलाई भन्नुभयो, “मैले सारा मानवजातिको अन्त्य गर्ने पक्का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। |
| 14 |
| तैँले आफ्नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्नू। |
| 15 |
| त्यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्लो बनाउनू। |
| 16 |
| जहाजमा छाना हाल्नू र छाना र छेउका भित्ताबीच ४४ सेन्टिमिटर ठाउँ छोडिदिनू। त्यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्नू। |
| 17 |
| सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, |
| 18 |
| तर तँसँग म एउटा करार बाँध्नेछु। आफ्नी स्वास्नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। |
| 19 |
| [19-20] हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। |
| 20 |
| 21 |
| आफ्ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्नू।” |
| 22 |
| परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/genesis/006.mp3
50
6