अब अहज्याह सामरियामा माथिल्लो कोठाको आँखीझ्यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्लाह लेओ, कि म यस चोटबाट निको हुन्छु कि हुन्नँ।”
तर परमप्रभुका स्वर्गदूतले तिश्बी एलियालाई भने, “गएर सामरियाका राजाका समाचारवाहकसँग भेट गर र तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन जाँदैछौ?’
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस्। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’।”
तब तिनले एक जना कप्तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्तान उक्लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुहुन्छ, ‘ओर्लेर आउनुहोस्’।”
एलियाले ती कप्तानलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्म पारोस्!” तब स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो।
त्यसपछि राजाले अर्का एक जना कप्तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्तानले तिनलाई भने, “हे परमेश्वरका जन, राजा यसो भन्नुहुन्छ, ‘झट्टै तल आऊ’!”
एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्म पारोस्।” तब परमेश्वरको आगो स्वर्गबाट झर्यो र तिनी र तिनका मानिसहरूलाई भस्म पार्यो।
तब राजाले एक जना तेस्रा कप्तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्तान एलियाकहाँ उक्लेर गए र तिनको सामुन्ने घुँड़ा टेकेर तिनलाई बिन्ती गरे, “हे परमेश्वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्नुहोस्!
एलियाले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: के सल्लाह लिनलाई इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तैंले एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन समाचारवाहकहरूलाई पठाएका छस्? यसो गरेको कारण तँ पस्रिरहेको ओछ्यान तैंले कहिल्यै छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्।”