सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| दाऊद धेरै बुढो भएपछि उनले आफ्ना छोरा सोलोमनलाई इस्राएलका राजा बनाए। |
| 2 |
| दाऊद राजाले इस्राएलका सबै अगुवाहरू, पूजाहारीहरू र लेवीहरूलाई भेला गरे। |
| 3 |
| उनले तीस वर्ष वा त्योभन्दा बढी उमेर भएका लेवी पुरुषहरूको गन्ती लिए। तिनीहरू जम्मा अठ्तीस हजार थिए। |
| 4 |
| राजाले चौबीस हजारलाई मन्दिरको काम रेखदेख गर्न, छ हजारलाई अधिकृत र न्याय गर्ने कामहरू, |
| 5 |
| पहरा दिन चार हजार र आफूले दिएका बाजा-गाजा बजाएर परमप्रभुको स्तुति गाउन चार हजारलाई खटाए। |
| 6 |
| दाऊदले लेवीहरूलाई तिनका गोत्रअनुसार गेर्शोन, कहात र मरारी गरी तीन दलमा छुट्ट्याए। |
| 7 |
| गेर्शोनका दुई छोराहरू थिए— लादान र शिमी। |
| 8 |
| लादानका तीन छोराहरू थिए— यहीएल, जेताम र योएल, |
| 9 |
| जो लादानका सन्तानका कुल प्रधानहरू थिए। (शिमीका तीन छोराहरू थिए— शलोमोत, हजीएल र हारान। |
| 10 |
| [10-11] शिमीका अरू चार छोराहरू थिए। तिनीहरू उमेरअनुसार यहत, जीजा, येऊश र बरीआ हुन्। येऊश र बरीआका धेरै सन्तान थिएनन् र तिनीहरू एउटै गोत्रका गनिन्थे। |
| 11 |
| 12 |
| कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। |
| 13 |
| उनका जेठा छोरा अम्राम, हारून र मोशाका बुबा थिए। (हारून र उनका सन्तानलाई सदासर्वदाको लागि पवित्र सामानको रेख-देख गर्न, परमप्रभुको आराधनामा धूप बाल्नु उहाँको सेवा गर्न र उहाँको नाममा मानिसहरूलाई आशीर्वाद दिन अलग गरिएको थिए। |
| 14 |
| तर परमेश्वरका जनहरू मोशाका छोराहरूचाहिँ लेवीकै दलमा राखिएका थिए। |
| 15 |
| मोशाका दुई छोराहरू गेर्शोम र एलीएजर थिए। |
| 16 |
| गेर्शोमका सन्तानको मुखिया शूबाएल थिए। |
| 17 |
| एलीएजरका एउटा मात्र छोरा रहब्याह थिए; तर रहब्याहका सन्तान धेरै थिए। |
| 18 |
| कहातका माहिला छोरा यिसहारका एउटा छोरा शलोमीत थिए, उनी आफ्ना गोत्रका मुखिया थिए। |
| 19 |
| कहातका साहिँला छोरा हेब्रोनका चार छोराहरू थिए— यरियाह, अमर्याह, यहासेल र यकमाम। |
| 20 |
| कहातका कान्छा छोरा उज्जीएलका दुई छोराहरू थिए— मीका र यिशियाह। |
| 21 |
| मरारीका दुई छोराहरू थिए— महली र मूशी। महलीका दुई छोराहरू थिए— एलाजार र कीश; |
| 22 |
| तर एलाजारका छोरीहरू मात्र थिए, एउटै छोरो नजन्मीकनै उनको मृत्यु भयो। उनका छोरीहरूले आफ्ना दाजुभाइ अथवा कीशका छोराहरूसित विवाह गरे। |
| 23 |
| मरारीका माहिला छोरा मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत। |
| 24 |
| यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्तान थिए। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका लेवीका यी सन्तानले परमप्रभुको मन्दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्यो। |
| 25 |
| दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजालाई शान्ति दिनुभएको छ र उहाँ आफैं यरूशलेममा सदाकालको निम्ति बास गर्नुहुनेछ। |
| 26 |
| यसकारण लेवीहरूले परमप्रभुले बास गर्ने पवित्र पाल र आराधनामा चलाइने सामान बोकी हिँड्ने अब प्रयोजन छैन।” |
| 27 |
| दाऊदको अन्तिम आदेशअनुसार बीस वर्ष पुगेपछि सबै लेवीहरूले सेवा गर्न आफ्ना नाम लेखाए |
| 28 |
| र तिनीहरूलाई यी काम दिइयो— हारूनका सन्तानमा जन्मिएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउन, मन्दिरका कोठा र चोकहरूको रेख-देख गर्न र सबै पवित्र सामानहरू शुद्ध राख्न, |
| 29 |
| परमेश्वरलाई चढाइएका रोटी, भेटीमा चढाइएको पिठो, अखमिरी रोटी, पकाएको अन्नबलि र जैतुनको तेल मिसाएको पिठोको जिम्मा लिन, मन्दिरमा चढाइएका भेटीहरूको तौल र नाप लिन, |
| 30 |
| [30-31] र हरेक बिहान र साँझ अनि जहिले-जहिले विश्रामको दिन वा औँसीको दिन र अरू चाड-बाडको दिन परमप्रभुलाई बलि चढाइन्छन्, त्यस बेला परमप्रभुलाई प्रशंसा गर्न र महिमा दिन प्रत्येक पल्ट यो कार्य गर्न खटाइने लेवीहरूको सङ्ख्या तोकेर नियमहरू बनाइएका थिए। सबै समयमा परमप्रभुलाई आराधना गर्ने काम लेवीहरूलाई दिइएको थियो। |
| 31 |
| 32 |
| परमप्रभु बास गर्ने पवित्र पाल र पवित्रस्थान रेख-देख गर्ने र आफ्ना कुटुम्ब हारूनका सन्तानमा भएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउने कामको भार तिनीहरूलाई दिइएको थियो। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/1chronicles/023.mp3
29
23