×

सरल नेपाली पवित्र बाइबल 2008

१ इतिहास ८

1
बेन्‍यामीनका पाँच छोराहरू थिए। तिनका उमेरअनुसार जेठो बेला, माहिलो अश्‍बेल, साहिँलो अहरह,
2
काहिँलो नोहा र कान्‍छो रफा थिए।
3
बेलाका सन्‍तान अद्दार, गेरा, अबीहूद,
4
अबीशू, नामान, अहोह,
5
गेरा, शपूपान र हुराम थिए।
6
[6-7] एहूदका सन्‍तान नामान, अहियाह र गेरा थिए। तिनीहरू गेबामा बास गर्ने ती परिवारका प्रधान थिए, जुनहरूलाई गेबा छोडी निस्‍कन कर लागेको थियो र मानहतमा गई बसेका थिए। उज्‍जा र अहीहूदका बुबा गेराले त्‍यस काममा तिनीहरूको अगुवाइ गरेका थिए।
7
8
[8-9] सहरेमले दुई वटी स्‍वास्‍नी हूशीम र बारासित छुटानाम गरे। पछिबाट मोआब देशमा बास गरेका बेलामा तिनले होदेशलाई विवाह गरे र तिनबाट सात छोराहरू जन्‍मे— योबाब, सिबिअ, मेशा, मल्‍काम,
9
10
यूस, साकिया र मिर्मा। सहरेमका छोराहरू सबै गोत्र-गोत्रका प्रधान थिए।
11
हूशीमबाट पनि उनका दुई छोराहरू अहीतूब र एल्‍पाल जन्‍मे।
12
एल्‍पालका तीन छोराहरू थिए— एबेर, मिशाम र शेमेद। ओनो र लोद सहरहरू र तिनका चारैपट्टिका गाउँबस्‍तीहरू बसाल्‍ने शेमेद थिए।
13
गातमा बस्‍ने मानिसहरूलाई धपाउने र अय्‍यालोन सहरमा बसोबास गर्ने परिवारका प्रधानहरू बरीआ र शेमा थिए।
14
बरीआका सन्‍तानमा अहियो, शाशक, यरेमोत,
15
जबदियाह, आराद, एदेर,
16
मिखाएल, यिश्‍पा र योहा थिए।
17
एल्‍पालका सन्‍तानका जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
18
यिश्‍मरै, यिज्‍लीअ र योबाब थिए।
19
शिमीका सन्‍तानका याकीम, जिक्री, जब्‍दी,
20
एलीएनै, सिल्‍लतै, एलीएल,
21
अदायाह, बरायाह र शिम्रात थिए।
22
शाशकका सन्‍तानमा यिश्‍पान, एबेर, एलीएल,
23
अब्‍दोन, जिक्री, हानान,
24
हनन्‍याह, एलाम, अन्‍तोतियाह,
25
यिपदिया र पनूएल थिए।
26
यरोहामका सन्‍तान शम्‍शरै, सहर्याह, अतल्‍याह,
27
यारेश्‍याह, एलिया र जिक्री थिए।
28
यिनीहरू परिवार-परिवारका पुर्ख्‍यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्‍य-मुख्‍य पुरुषहरू थिए।
29
यीएलले गिबोन सहर बसाले र त्‍यहाँ बस्‍न लागे। उनकी स्‍वास्‍नीको नाम माका
30
र जेठो छोराको नाम अब्‍दोन थियो। उनका अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
31
गदोर, अहियो, जेकेर
32
र मिक्‍लोत थिए। मिक्‍लोत शिमाहका बुबा थिए। उनका सन्‍तान आफ्‍ना गोत्रका अरू परिवारहरूछेउ यरूशलेममा बास गर्थे।
33
नेर कीशका बुबा र कीशचाहिँ शाऊल राजाका बुबा थिए। शाऊलका चार छोरा थिए— जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बाल।
34
जोनाथन मरीब्‍बालका बुबा थिए र मरीब्‍बाल मीकाका बुबा थिए।
35
मीकाका चार छोराहरू थिए: पीतोन, मेलेक, तारे र आहाज।
36
आहाज यहोअदाका बुबा थिए। आलेमेत, अज्‍मावेत र जिम्री यी तीनका बुबा यहोअदा थिए। जिम्री मोसका बुबा थिए।
37
मोसका छोरा बिनेका, बिनेकाका छोरा रफाह, रफाहका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
38
आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान।
39
आसेलका भाइ एशेकका तीन छोराहरू थिए— ऊलाम, येऊश र एलीपेलेत।
40
ऊलामका छोराहरू नाम चलेका सिपाही र सिपालु धनुर्धारीहरू थिए। तिनका नाति-पनातिहरू जम्‍मा डेढ सय जना थिए। ज-जसका नाम माथि लेखिएका छन्, उनीहरू बेन्‍यामीन कुलका मानिसहरू हुन्।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्