इस्राएलका सबै मानिसहरूका नाम उनीहरूका वंशअनुसार लेखिएका थिए। यी कुरा इस्राएलका राजाको इतिहासमा लेखिएको छ। यहूदाका मानिसहरू आफ्ना पापका दण्ड पाएर बेबिलोनमा देशनिकाला भई लगिएका थिए।
[4-6] यहूदाका कुलबाट ६९० परिवारहरू यरूशलेममा बस्थे। यहूदाको छोरो फारेसको सन्तानका अगुवा उत्तै थिए, उत्तैचाहिँ अम्मीहूदको छोरा तथा ओम्रीका नाति थिए। तिनका अरू पुर्खाहरूमध्ये इम्री र बानी पनि थिए। यहूदाका छोरा शीलोनीका सन्तानका अगुवा असायाह थिए। तिनी आफ्नो परिवारका प्रधान थिए। यहूदाको छोरो जेरहका सन्तानका अगुवा यीएल थिए।
[7-8] बेन्यामीनका कुलका यी मानिसहरू यरूशलेममा बास गर्थे— सल्लू, जो मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाको छोरा र होदबिया हस्सेनूअका छोरा थिए। यरोहामको छोरो यिब्नियाह एलाह, जो उज्जीका छोरा र मिक्रीका नाति थिए मशुल्लाम, जो रूएलको नाति र शपत्याहको छोरा थिए। रूएल यिब्नियाको छोरा थिए।
[14-16] यी तलका लेवीहरू यरूशलेममा बस्थे— हश्शूबका छोरा शमायाह, जसका पुर्खा अज्रीकाम र हशब्याह थिए, जो मरारी कुलका थिए। बक्बक्कर हारेश र गालाल मीकाका छोरा मत्तन्याह, जसका पुर्खा जिक्री र आसाप थिए। शमायाहका छोरा ओबदिया, जसका पुर्खा गालाल र यदूतून थिए। आसाका छोरा एल्कानाको नाति बेरेक्याह, एल्काना नतोपाती सहरको इलाकामा बस्थे।
कोरेको छोरो एब्यासापको नाति शल्लूम अरू आफ्ना कोरह गोत्रका बन्धुहरूसँग परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिन खटाइएका थिए। ठीक त्यसरी नै तिनीहरूका पुर्खाले पनि परमप्रभु बास गर्ने पवित्र पालमा पहरा दिन्थे।
पहरा दिने काम गर्ने जम्मा २१२ जना पुरुषहरू छानिएका थिए। तिनीहरू बसेको गाउँअनुसार तिनीहरूका नाम सूचीमा लेखिएका थिए। तिनीहरूका पुर्खालाई त्यस्ता जिम्मेवारीका काममा खटाउने दाऊद राजा र शमूएल अगमवक्ता थिए।
चार जना मुख्य पहरा दिने लेवीहरू हुन्थे र मुख्य जिम्मेवारी तिनीहरूकै हुन्थ्यो। मन्दिरका कोठाहरू र त्यहाँ राखेका सर-सम्पत्ति पनि तिनीहरूकै जिम्मामा थियो।
अरू लेवीहरू पूजामा चलाइने भाँडा-कुँडाहरूको लागि जिम्मेवार थिए। जति फेरा ती भाँडाहरू चलाइन्थे, त्यति फेरा तिनीहरूले ती गन्ती गरेर दिन्थे र गन्ती गरेर फिर्ता लिन्थे।
कुनै-कुनै लेवी परिवारहरू मन्दिरका गान-बजान जिम्मेवार थिए। ती परिवारका प्रधानहरू मन्दिरका भवनका केही कोठाहरूमा बास गर्थे र तिनीहरूले अरू कुनै काम गर्नुपर्दैनथ्यो किनभने रात-दिन तिनीहरूलाई आफ्नो काम गर्नुपर्थ्यो।