यहोशापातको निवासस्थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए।
यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्यवस्था कायम राख्न र मानिसहरूका बीचमा न्याय गर्न नियुक्त गरे।
सबै मुद्दा जो सहरमा बस्ने तिमीहरूका कुटुम्बहरूबाट तिमीहरूका सामु आउँछन्— मुद्दाहरू हत्यासम्बन्धी होऊन्, अथवा व्यवस्था वा आज्ञा धर्म-विधि अथवा नियमहरूका विरुद्धमा होऊन्— तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरू र तिमीहरूका कुटुम्बमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।
“परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”