आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्।
यसकारण परमप्रभु तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्त गरेर तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्पूर्ण परास्त गरे।
तर त्यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्यस सेनालाई भेट्न निस्के। तिनले त्यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्यन्त रीसको झोँकमा तिनीहरूको संहार गर्यौ।
अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्दछौ। त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु दोषी हुँदैनौ?
तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने,
“यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न। तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरू परमप्रभुको दृष्टिमा दोषी हुनेछौं। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हामी त दोषी भइसकिहालेका छौं, र इस्राएलको विरुद्धमा उहाँको भयानक क्रोध आइपरेको छ।”
पलिश्तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरूसमेत कब्जा गरेर अधिकार गरेका थिए।
इस्राएलका राजा आहाजको कारणले नै परमप्रभुले यहूदालाई विनम्र तुल्याउनुभएको थियो, किनभने यहूदामा तिनले दुष्टता बढ़ाएर तिनी परमप्रभुतर्फ साह्रै नै विश्वासघाती भएका थिए।
तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढ़ाए, किनकि तिनले यो विचार गरे, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे। यसकारण तिनीहरूले मलाई सहायता गरून् भनी म पनि तिनीहरूलाई बलिदान चढ़ाउनेछु।” तर वास्तवमा तिनीहरूले नै तिनको र सारा इस्राएलको पतन ल्याए।