×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

काम ११

1
सोपर नमातीले उत्तर दिए:
2
“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने?
3
के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ? के तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्‍काउने?
4
‘मेरा विचार ठीकै छन्‌ र तपाईंको दृष्‍टिमा म चोखो छु’ भनी तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्‍छ।
5
परमेश्‍वर बोलून्, उहाँले आफ्‍नो मुख तपाईंको विरुद्धमा खोलून्‌ भन्‍ने मेरो कस्‍तो चाहना छ।
6
अनि तपाईंका बुद्धिका रहस्‍यहरू खोलिदेऊन्। किनकि सत्‍य बुद्धिका दुई पक्ष छन्‌। यो जान्‍नुहोस्‌ परमेश्‍वरले तपाईंका कति वटा पाप भुलिसक्‍नुभएको छ।
7
“के तपाईं परमेश्‍वरको रहस्‍यको गहिराइलाई बुझ्‍न सक्‍नुहुन्‍छ? के तपाईं सर्वशक्तिमान्‌को सीमालाई जाँच्‍न सक्‍नुहुन्‍छ?
8
त्‍यो त स्‍वर्गभन्‍दा अल्‍गो छ, तपाईं के गर्न सक्‍नुहुन्‍छ? त्‍यो ता चिहानभन्‍दा गहिरो छ, तपाईं के जान्‍न सक्‍नुहुन्‍छ?
9
त्‍यसको नाप पृथ्‍वीभन्‍दा लामो छ, र समुद्रभन्‍दा चौड़ा छ।
10
“उहाँ आउनुभई तपाईंलाई बन्‍दीगृहमा राख्‍नुभयो, र अदालत बोलाउनु भयो भने, कसले उहाँको विरोध गर्न सक्‍छ?
11
कुन-कुन मानिस झूटा छन्‌ उहाँले निश्‍चय जान्‍नुहुन्‍छ, अनि उहाँले अधर्म देख्‍नुभयो भने, के उहाँले त्‍यसको लेखा राख्‍नुहुन्‍न?
12
तर मूर्ख मानिस बुद्धिमान्‌ हुन सक्‍दैन, जसरी वन-गधाको बछेड़ा मान्‍छे भएर जन्‍मन सक्‍दैन।
13
“तर पनि तपाईंले आफ्‍नो हृदय ठीक बाटोमा लगाउनुभो, र आफ्‍ना हात उहाँतिर पसार्नुभो,
14
तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने, र कुनै अधर्मलाई तपाईंको घरमा बस्‍न दिनुभएन भने,
15
तब कुनै शर्मविना तपाईंले आफ्‍नो शिर खड़ा गर्नुहुनेछ, तपाईं डरविना स्‍थिर मानिस हुनुहुनेछ।
16
तब तपाईंले आफ्‍नो दु:ख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्‍यो तपाईंले सम्‍झनुहुनेछ।
17
जीवन मध्‍यदिनभन्‍दा उज्‍यालो हुनेछ, र अन्‍धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।
18
आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ। तपाईंले चारैतिर हेर्नुहुनेछ, र निर्धक्‍क सुत्‍नुहुनेछ।
19
तपाईं कसैको डर नमानी पल्‍टनुहुनेछ, र धेरै मानिसहरूले तपाईंको निगाह प्राप्‍त गर्न खोज्‍नेछन्‌।
20
तर दुष्‍टहरूका आँखा बन्‍द हुनेछन्, भाग्‍ने बाटोहरू तिनीहरूका निम्‍ति बन्‍द हुनेछन्, र तिनीहरूको आशा अन्‍तिम सुस्‍केरा हुनेछ।”
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्