|
| 1 |
|
| “यी सबै ता मैले आफ्नै आँखाले देखेको छु, मेरा आफ्नै कानले ती सुनेको छु, र मैले ती बुझेको छु। |
|
| 2 |
|
| तपाईंहरू जे जान्नुहुन्छ, त्यो म पनि जान्दछु। कुनै कुरामा म तपाईंहरूभन्दा कम छैनँ। |
|
| 3 |
|
| तर मचाहिँ त सर्वशक्तिमान्सँग कुरा गर्न, र परमेश्वरसँग बहस गर्न चाहन्छु। |
|
| 4 |
|
| तपाईंहरूचाहिँ आफ्ना झूटा कुराले सत्यलाई कलङ्कित पार्नुहुन्छ, तपाईंहरू सबै बेकम्मा वैद्यहरू हुनुहुन्छ, तपाईंहरू सबै! |
|
| 5 |
|
| तपाईंहरू चूप लागी बसे ता हुनेथियो! चूप लागेकोले नै तपाईंहरू बुद्धिमान् ठहरिनुहुनेथियो! |
|
| 6 |
|
| अब मेरो बहस सुन्नुहोस्, अनि मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्। |
|
| 7 |
|
| के तपाईंहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ? अथवा उहाँको पक्षमा भएर तपाईंहरू झूटो कुरा साबित गर्नुहुन्छ? |
|
| 8 |
|
| के तपाईंहरूले परमेश्वरको पक्ष लिनैपर्छ? अथवा उहाँको निम्ति मामिला पेश गर्नुहुन्छ? |
|
| 9 |
|
| उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला? के मानिसहरूलाई छक्क्याएझैँ तपाईंहरू उहाँलाई पनि छक्क्याउनुहुन्छ? |
|
| 10 |
|
| मलाई झूटा दोष लाएर तपाईंहरूले उहाँको पक्ष लिनुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ। |
|
| 11 |
|
| के परमेश्वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन? |
|
| 12 |
|
| तपाईंहरूको सिद्धान्त त धूलो र खरानी मात्र हो, तपाईंहरूका सुरक्षा माटोजस्तै हुनेछन्। |
|
| 13 |
|
| “तपाईंहरू चूप लागी बस्नुहोस्, मलाई मेरो मनको कुरा बोल्न दिनुहोस्, अनि ममाथि जे हुन आउँछ, सो आउन दिनुहोस्। |
|
| 14 |
|
| म किन आफूलाई खतरामा हाल्छु, र मेरो प्राण आफ्नै हातमा लिन्छु? |
|
| 15 |
|
| उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु। म अझै मेरो मामिला उहाँको सामुन्ने पेश गर्ने नै छु। |
|
| 16 |
|
| अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ। किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामुन्ने आउने आँट गर्दैन। |
|
| 17 |
|
| सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्, र मेरो व्याख्यामा कान थाप्नुहोस्। |
|
| 18 |
|
| अब मैले मेरो मामिला तयार गरेको छु, मलाई यो थाहा छ म निर्दोष ठहरिनेछु। |
|
| 19 |
|
| के कसैले मेरो विरुद्धमा दोष लाउन सक्छ? यदि हो भने, म मौन रहनेछु र मर्नेछु। |
|
| 20 |
|
| “मलाई यी दुई कुराहरू मात्र मन्जूर होस्, हे परमेश्वर! तब म तपाईंको दृष्टिमा लुक्नेछैनँ। |
|
| 21 |
|
| तपाईंको गह्रौँ हात मबाट टाढ़ा लैजानुहोस्, र तपाईंको डरले मलाई भयभीत नपारोस्। |
|
| 22 |
|
| तब मलाई डाक्नुहोस्, र म जवाफ दिनेछु, अथवा म बोल्नेछु, र तपाईंले मलाई जवाफ दिनुहोस्। |
|
| 23 |
|
| मैले कति धेरै अधर्म र पाप गरेको छु? मलाई मेरा कसूर र मेरो पाप जनाइदिनुहोस्! |
|
| 24 |
|
| तपाईं आफ्नो मुख किन लुकाउनुहुन्छ? र मलाई आफ्नो शत्रुझैँ व्यवहार गर्नुहुन्छ? |
|
| 25 |
|
| के तपाईं उड़ाएको पातलाई पनि खेद्नुहुन्छ? के तपाईं सुकेको भुसको पछि लाग्नुहुन्छ? |
|
| 26 |
|
| मेरो निम्ति तपाईंले दण्ड तोकिदिनुभयो, मेरो युवावस्थाका दोष भोग्न लाउनुभयो। |
|
| 27 |
|
| ठिँगुरामा मेरो खुट्टा ठोकिदिनुभयो, मेरा सबै मार्गहरूलाई जाँच्नुभयो। मेरो पैतालामा कमाराको निशान लगाउनुभयो। |
|
| 28 |
|
| “यसकारण मानिस सड़ेको वस्तु र नाश हुने र कीराले खाएको वस्त्रजस्तै नष्ट हुँदैछन्। |
|
|
|
|