|
| 1 |
|
| तब अय्यूबले जवाफ दिए: |
|
| 2 |
|
| कहिलेसम्म तपाईंहरू मलाई दु:ख दिनुहुन्छ, र वचनहरूले मलाई आघात गर्नुहुन्छ? |
|
| 3 |
|
| दश पल्ट तपाईंहरूले मलाई अपमान गर्नुभयो, र निर्लज्ज भएर मलाई आक्रमण गर्नुभयो। |
|
| 4 |
|
| वास्तवमा यदि मैले भूल गरेको भए तापनि भूल ता मेरै नै हो। |
|
| 5 |
|
| तर यदि साँच्चै तपाईंहरू मभन्दा माथि आफूलाई उचाल्नुहुन्छ र मेरो नम्रतालाई मेरो विरुद्धमा प्रयोग गर्नुहुन्छ भने, |
|
| 6 |
|
| म यो तपाईंहरूलाई भन्दछु, कि परमेश्वरले नै मलाई अपराधी तुल्याउनुभएको हो, र उहाँले मेरो चारैतिर जाल फिँजाउनुभएको हो। |
|
| 7 |
|
| “अन्याय भयो भनी यदि म कराएँ भने, कसैले जवाफ दिँदैन, सहायताको निम्ति बिन्ती गरें भने पनि, म न्याय पाउँदिनँ। |
|
| 8 |
|
| उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो, र म निस्कन सक्दिनँ, मेरो बाटोलाई उहाँले अन्धकारद्वारा छोप्नुभएको छ। |
|
| 9 |
|
| उहाँले मेरो जम्मै मान खोस्नुभएको छ, उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो। |
|
| 10 |
|
| उहाँले चारैतिरबाट म खतम नहोउञ्जेल मलाई हिर्काउनुहुन्छ, रूख उखेलिएझैँ उहाँले मेरो आशा टुटाइदिनुहुन्छ। |
|
| 11 |
|
| उहाँको रीस ममाथि साह्रै परेको छ, उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ। |
|
| 12 |
|
| मलाई आक्रमण गर्नलाई उहाँले फौज पठाउनुहुन्छ, र तिनीहरू मेरो पालको चारैतिर छाउनी हाल्छन्। |
|
| 13 |
|
| “उहाँले मेरा दाजुभाइहरूलाई मबाट पराई बनाउनुभएको छ, मेरा मित्रहरू मबाट बिलकुलै अलग रहन्छन्। |
|
| 14 |
|
| मेरा कुटुम्बहरू र चिनाजानाहरू पछि हट्छन्, मेरा साथीहरूले मलाई बिर्सेका छन्। |
|
| 15 |
|
| मेरा पाहुना र दासीहरूले मलाई बिरानाझैँ व्यवहार गर्छन्, तिनीहरूका दृष्टिमा म ता एक विदेशी भएको छु। |
|
| 16 |
|
| मेरा दासलाई म बोलाउँछु, तर त्यसले उत्तर दिँदैन। यद्यपि म आफ्नै मुखले बिन्ती गर्दछु। |
|
| 17 |
|
| मेरो सास मेरी पत्नीलाई दुर्गन्धमय लाग्छ, मेरा आफ्नै दाजुभाइहरूका अगाड़ि म गन्हाउने भएको छु। |
|
| 18 |
|
| ससाना केटाहरूले समेत मलाई घृणा गर्छन्, र म देखा पर्दा तिनीहरू गिल्ला गर्छन्। |
|
| 19 |
|
| मेरा सबै घनिष्ठ साथीहरू मलाई घृणा गर्छन्, अनि मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा उठेका छन्। |
|
| 20 |
|
| म त हाड़ र छाला भएको छु, म त मरिसकेरै बाँचेको छु। |
|
| 21 |
|
| “दया गर्नुहोस्, हे मेरा मित्र हो! दया गर्नुहोस्, किनभने परमेश्वरको हात ममाथि परेको छ। |
|
| 22 |
|
| परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरू किन खेदो गर्नुहुन्छ? के तपाईंहरूले मलाई सताउनुभएको पुगेन र? |
|
| 23 |
|
| “मेरा वचनहरू शिलामा लेखिएका भए ती चर्मपत्रमा लेखिएका भए, |
|
| 24 |
|
| फलामको हतियारले खोपेर सीसाले भरिदिए, अथवा चट्टानमा सधैँको निम्ति साक्षी हुनलाई खोपिएको भए हुनेथियो! |
|
| 25 |
|
| तर म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुनेछ। |
|
| 26 |
|
| अनि मेरा छाला नाश गरिसकेपछि, मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु। |
|
| 27 |
|
| म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्छ! |
|
| 28 |
|
| “यदि तपाईंहरूले मलाई यसो भन्नुभयो भने, हामीले उसलाई कसरी लखेट्ने? किनकि दु:खका जड़ तिनी आफै हुन्, |
|
| 29 |
|
| तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यहाँ न्याय छ भनी तपाईंहरूले जान्नुहुनेछ।” |
|
|
|
|