|
| 1 |
|
| [1-2] के कुनै मानिस परमेश्वरलाई काम लाग्छ? त्यो मानिस खुबै बुद्धिमान् भए पनि के त्यसद्वारा परमेश्वरलाई केही लाभ हुन्छ? |
|
| 2 |
|
|
|
| 3 |
|
| तपाईंको असल कामले परमेश्वरलाई केही लाभ हुन्छ र? अथवा तपाईंको चालचलन असल भएकोले उहाँलाई के नाफा हुन्छ र? |
|
| 4 |
|
| के तपाईंले परमेश्वरको भय मानेको हुनाले उहाँले तपाईंलाई हप्काउनुभएको हो? अनि तपाईंको विरुद्धमा आरोप लाउनुभएको हो? |
|
| 5 |
|
| होइन, तपाईंले ठूलो पाप गरेको हुनाले त्यो भएको हो। तपाईंका सबै दुष्कर्मको कारणले त्यो भएको हो। |
|
| 6 |
|
| एक जना भाइले तपाईंबाट ऋण लिएको छ र सो ऋण चुकाउन उसका लुगाफाटा बन्धक राख्ने आवश्यकता नभए पनि तपाईंले ती सबै खोसेर उसलाई नाङ्गो पार्नुभयो। |
|
| 7 |
|
| थाकेकाहरूलाई तपाईंले पिउने पानी दिनुहुन्न र भोकाएकाहरूलाई भोजन दिन मान्नुहुन्न। |
|
| 8 |
|
| जमिन अधिकार गर्न मात्र तपाईंले शक्ति र मान चलाउनुभयो। |
|
| 9 |
|
| तपाईंले विधवाहरूलाई सहायता दिन इन्कार गर्नुभयो। त्यति मात्र होइन, टुहुरा-टुहुरीहरूलाई पनि ठग्नुभयो। |
|
| 10 |
|
| यसकारण अहिले तपाईंका चारैपट्टि खाडलहरू छन् र एक्कासि तपाईं साह्रै डराउनुभएको छ। |
|
| 11 |
|
| तपाईंको उज्यालो पनि अँध्यारो भएको छ र तपाईंले देख्न सक्नुहुन्न र डरको भलले तपाईंलाई अत्याएको छ। |
|
| 12 |
|
| के परमेश्वर स्वर्गको सबैभन्दा उच्च स्थानमा बास गर्नुहुन्न र? सबै ताराहरू जत्तिकै उच्चमा भए पनि उहाँले ती सबैलाई तलतिरै देख्नुहुन्न र? |
|
| 13 |
|
| अझ पनि तपाईं प्रश्न गर्नुहुन्छ, “परमेश्वरले के जान्नुहुन्छ? उहाँलाई त बादलले लुकाएको छ, उहाँले कसरी हाम्रो न्याय गर्नुहुन्छ?” |
|
| 14 |
|
| तपाईं सोच्नुहुन्छ कि बाक्लो बादलले उहाँको दृष्टिलाई छेल्दछ र आकाशको धुरीमा घुमफिर गर्दा उहाँले देख्न सक्नुहुन्न। |
|
| 15 |
|
| के दुष्ट मानिसहरू हिँडेका पुरानो बाटोबाट तपाईंले हिँड्ने सङ्कल्प गर्नुभएको छ? |
|
| 16 |
|
| त्यस्ता दुष्टहरू त आफ्नो समयअघि नै भलको मुखमा परेको घरझैँ बगाइलगिन्छन्। |
|
| 17 |
|
| यी यस्ता मानिसहरू हुन्, जसले परमेश्वरलाई इन्कार गर्छन् र उहाँले हाम्रो केही बिगार गर्न सक्नुहुन्न भनी विश्वास गर्छन्। |
|
| 18 |
|
| तर तिनीहरूको फलिफाप गराउने त परमेश्वर नै हुनुहुन्थ्यो। यी दुष्टहरूका विचार म बुझ्न सक्दिनँ। |
|
| 19 |
|
| दुष्टहरूका दु:खका दिन देखेर धर्मीहरू आनन्द मान्छन्, र निर्दोषहरू खुसीले हाँस्छन्। |
|
| 20 |
|
| दुष्टका सारा धन-सम्पत्ति नाश भएर जान्छ, तिनीहरूका बाँकी सम्पत्ति त आगोले भस्म हुन्छ। |
|
| 21 |
|
| अय्यूब, अब परमेश्वरसित मिलाप गर्नुहोस्, उहाँसँग शत्रुको व्यवहार नगर्नुहोस्। तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ। |
|
| 22 |
|
| उहाँले दिनुभएको शिक्षा ग्रहण गर्नुहोस्, उहाँका वचन आफ्ना ह्रदयमा राख्नुहोस्। |
|
| 23 |
|
| अँ, तपाईं परमेश्वरकहाँ नम्र भएर फर्कनुपर्छ। आफ्नो घरको सबै दुष्ट्याइँ छोडिदिनुपर्छ र तपाईं फेरि बनिनुहुनेछ। |
|
| 24 |
|
| तपाईंको सुन फालिदिनुहोस्। आफ्ना निखुर सुन सुखा खोल्साको ढुङ्गाहरूबीच मिल्काइदिनुहोस्। |
|
| 25 |
|
| तब सर्वशक्तिमान् परमेश्वर तपाईंको निम्ति सुन बन्नुहुनेछ, कञ्चन चाँदीको रास बन्नुहुनेछ। |
|
| 26 |
|
| तब तपाईं सधैँ परमेश्वरमा भर पर्नुहुनेछ र उहाँमा नै आफ्नो आनन्दको मूल पाउनुहुनेछ। |
|
| 27 |
|
| तपाईंले प्रार्थना गर्दा उहाँले सुन्नुहुनेछ र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ। |
|
| 28 |
|
| तपाईं आफूले हात हालेका काममा सफल हुनुहुनेछ र तपाईंको बाटोमा ज्योति चम्कनेछ। |
|
| 29 |
|
| अहङ्कारीको घमण्ड परमेश्वरले झारिदिनुहुनेछ र नम्र मानिसहरूलाई उहाँले बचाउनुहुनेछ। |
|
| 30 |
|
| तपाईं निर्दोष हुनुहुन्छ र ठीक कुरो गर्नुहुन्छ भने उहाँले तपाईंलाई बचाउनुहुनेछ। |
|
|
|
|