×

सरल नेपाली पवित्र बाइबल 2008

काम २६

1
[1-2] म गरीब र निर्बल मानिस भए पनि तपाईं कति उत्तम सहायक हुनुहुन्‍छ! मजस्‍तो गरीब र दुर्बल मानिसमाथि तपाईंको सहायता कति महान् छ!
2
3
तपाईंले मलाई यस्‍तो असल सल्‍लाह दिनुहुन्‍छ र मजस्‍तो मूर्खसँग आफ्‍नो बुद्धि बाँड्‍नुहुन्‍छ!
4
तपाईंको कुरा कसले सुन्‍ला? तपाईंलाई यी कुरा कसले भन्‍न लायो?
5
मरेका आत्‍माहरू पातालको पानीमुनि काँप्‍दछन्।
6
परमेश्‍वरको सामुन्‍ने पाताल उदाङ्गै छ र विनाश पनि छर्लङ्गै देखिन्‍छ।
7
परमेश्‍वरले उत्तरको आकाश फैलाउनुभयो र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुभयो।
8
परमेश्‍वरले बादल पानीले भरिदिनुहुन्‍छ र त्‍यसको भारले बादल फुट्‍न दिनुहुन्‍न।
9
उहाँले पूर्णिमाको जूनलाई बादलभित्र लुकाउनुहुन्‍छ।
10
उहाँले उज्‍यालो र अँध्‍यारोको सिमाना तोक्‍न समुद्रमाथि परिधि राख्‍नुभएको छ।
11
उहाँले आकाशका खामाहरूलाई हप्‍काउनुहुँदा ती डरले थरथरी काँप्‍दछन्।
12
उहाँले आफ्‍नो शक्तिले समुद्रलाई अधीन गर्नुभयो, आफ्‍नै ज्ञानले डरलाग्‍दो जल-जन्‍तु राहाबलाई नाश गर्नुभयो।
13
उहाँको सासले आकाश सफा पार्‍यो र उहाँको हातले डरलाग्‍दो जल-जन्‍तुलाई नाश गर्‍यो।
14
यी त उहाँको शक्तिको एक झलक मात्र हुन्‌, उहाँको मधुरो सोर मात्र हो। उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्