×

सरल नेपाली पवित्र बाइबल 2008

काम ३

1
अन्‍तमा अय्‍यूबले मुख खोलेर आफू जन्‍मेको दिनलाई सराप्‍न लागे।
2
[2-3] हे परमेश्‍वर, म जन्‍मेको दिन श्रापित होस्; आमाले मलाई गर्भधारण गरेको त्‍यो रात श्रापित होस्!
3
4
हे परमेश्‍वर, त्‍यो दिन अन्‍धकारमा परिवर्तन होस्, त्‍यस दिनलाई फेरि कहिल्‍यै याद नगरून्; त्‍यस दिनमाथि फेरि कहिल्‍यै ज्‍योति नचम्‍कोस्।
5
त्‍यस दिनलाई निराशा र घोर अन्‍धकारले छोपोस्; बादलले त्‍यसलाई ढाकोस् र घाम त्‍यहाँ नलागोस्।
6
वर्षका दिनहरूको बीचबाट त्‍यो दिन मेटियोस् र कुनै पनि महिनामा त्‍यसको गन्‍ती फेरि नहोस्।
7
यो एउटा उजाड र आनन्‍दरहित रात बनोस्।
8
डरलाग्‍दो जल-जन्‍तुलाई अधीन गर्ने जादूगरहरूले त्‍यस दिनलाई सरापोस्।
9
बिहानको तारा त्‍यसमाथि नचम्‍कोस्। त्‍यो रात बितेर बिहानी हुने आशा नै मेटियोस्।
10
श्रापित होस्, त्‍यो रात किनकि त्‍यसले मेरी आमाको गर्भ थुनेन र दु:ख र शोकको ढोका मेरो लागि उदाङ्गै पार्‍यो।
11
आमाको पेटमा म किन मरिनँ? वा जन्‍मने बित्तिकै म किन मरिनँ?
12
आमाले मलाई किन काखमा खेलाइन्? र किन दूध खुवाइन्?
13
म त्‍यति बेला नै मर्न पाएको भए विश्राम पाउनेथिएँ।
14
भत्‍किसकेका राज-महलहरू बनाउने ती राजाहरू र महाराजाहरूझैँ अहिले म सुतिरहेको हुनेथिएँ।
15
आफ्‍ना महलमा सुन र चाँदी थुपार्ने राजकुमारहरूझैँ म सुतिरहेको हुनेथिएँ
16
वा त मरेकै जन्‍मेको बालकझैँ म सुतिरहेको हुनेथिएँ।
17
चिहानमा दुष्‍ट मानिसहरू दुष्‍ट्याइँ गर्न छोड्दछन् र थाकेका मानिसहरूले विश्राम पाउँछन्।
18
कैदीहरूले पनि त्‍यहाँ शान्‍ति पाउँछन् र तिनीहरूले कडा आज्ञाको चर्को सोर सुन्‍दैनन्।
19
त्‍यहाँ ठूला-साना सबै छन् र कमारा-कमारीहरू अन्‍तमा मुक्त हुन्‍छन्।
20
किन मानिसहरूलाई कष्‍टमा जिइरहन दिनू? किन शोकमा परेकाहरूलाई ज्‍योति दिनू?
21
तिनीहरूले मृत्‍यु पर्खिरहन्‍छन् तर त्‍यो कहिल्‍यै आउँदैन। तिनीहरू धनभन्दा चिहान ज्‍यादा रुचाउँछन्।
22
मरेर चिहानमा नपुगेसम्‍म तिनीहरू खुसी हुँदैनन्।
23
परमेश्‍वरले तिनीहरूका चारैतर्फ घेरा लाउनुहुन्‍छ र भविष्‍य लुकाइराख्‍नुहुन्‍छ।
24
सुस्‍केरा मेरो खाजा हो र पीडाको चीत्‍कार मेरो पिउने पानी हो।
25
जे कुराले मलाई तर्साउँछ, जे कुरासित म डराउँछु, त्‍यही हुन आउँछ।
26
मलाई शान्‍ति छैन, मलाई विश्राम छैन र मेरो दु:खको अन्‍त नै छैन।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्