सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| [1-2] अय्यूब, “म परमेश्वरको नजरमा निर्दोष छु” भनी तपाईंले भन्नु उचित छैन। |
| 2 |
| 3 |
| तर तपाईं भन्नुहुन्छ, “मलाई के नाफा भयो वा पाप नगर्दा मलाई के लाभ भयो?” |
| 4 |
| म तपाईं र तपाईंका साथीहरूलाई पनि जवाफ दिनेछु। |
| 5 |
| आकाशतिर हेर्नुहोस्! बादलहरू कति माथि छन्, विचार्नुहोस्! |
| 6 |
| तपाईंले पाप गर्नुभएको भए, त्यसले परमेश्वरको के बिगार गर्छ? तपाईंले जतिसुकै अधर्म गरे पनि त्यसले उहाँलाई के असर पार्दछ? |
| 7 |
| तपाईं धर्मी हुँदा परमेश्वरलाई केही फाइदा हुन्छ र? उहाँलाई तपाईंको कुनै पनि थोकको खाँचो छैन। |
| 8 |
| तपाईंको पापले त अरूहरूलाई मात्र पिराउँछ अनि तपाईंको सत्कर्मले तिनीहरूलाई नै राम्रो गर्छ। |
| 9 |
| अत्याचारको भारमा परेर मानिसहरू पीडाले कराउँछन्। सहायताको निम्ति तिनीहरूले पुकारा गर्छन्। |
| 10 |
| तर कसैले यसो भन्दैनन्, “मलाई राती रक्षा गर्नुहुने मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ?” |
| 11 |
| हामीलाई बुद्धि दिनुहुने परमेश्वर, जसले हामीलाई पशु-पक्षीहरूभन्दा ज्ञानी तुल्याउनुहुन्छ। उहाँतिर कोही फर्कंदैनन्। |
| 12 |
| तिनीहरूले मद्दतको निम्ति पुकारा गर्छन् तर परमेश्वरले केही जवाफ दिनुहुन्न। किनभने तिनीहरू घमण्डी र दुष्ट छन्। |
| 13 |
| तिनीहरूले पुकारा गर्नु व्यर्थ छ, सर्वशक्तिमान् परमेश्वरले तिनीहरूलाई हेर्नु वा सुन्नुहुन्न। |
| 14 |
| अय्यूब, तपाईं भन्नुहुन्छ, “म उहाँलाई देख्दिनँ। मेरो मुद्दा उहाँको सामु छ र म पर्खिरहेको छु।” |
| 15 |
| तपाईं सोच्नुहुन्छ कि परमेश्वरले दण्ड दिनुहुन्न र पापको वास्ता गर्नुहुन्न। |
| 16 |
| तपाईं बोलिरहनु व्यर्थ छ। यो स्पष्ट छ, तपाईंको कुरा तपाईं आफैं बुझ्नुहुन्न। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/job/035.mp3
42
35