|
| 1 |
|
| [1-2] धैर्य गर्नुहोस् र केही बेर मेरो कुरा सुन्नुहोस्, म परमेश्वरको तर्फबाट बोल्दै छु। |
|
| 2 |
|
|
|
| 3 |
|
| म धेरै कुरा जान्दछु; म आफ्नो ज्ञान लाएर परमेश्वर, मेरा सृष्टिकर्ता, न्यायी हुनुहुन्छ भन्ने कुरा स्पष्ट गरिदिनेछु। |
|
| 4 |
|
| मैले बोलेका कुनै कुरा झूटा छैनन्, तपाईंको अघि एक जना साँच्चै सिद्ध ज्ञान भएको मानिस खडा छ। |
|
| 5 |
|
| परमेश्वर कति शक्तिमान् हुनुहुन्छ! उहाँले कसैलाई घृणा गर्नुहुन्न अनि उहाँले नबुझ्ने कुरा केही छैन। |
|
| 6 |
|
| उहाँले पापीहरूलाई जिउन दिनुहुन्न अनि गरीबहरूको उचित न्याय गरिदिनुहुन्छ। |
|
| 7 |
|
| उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्न, बरु तिनीहरूलाई राजाझैँ शासन गर्न दिनुहुन्छ र सदासर्वदा तिनीहरूलाई आदर प्राप्त गर्न दिनुहुन्छ। |
|
| 8 |
|
| तर तिनीहरू साङ्लामा परे भने, आफ्ना दुष्कर्मको फल भोग्छन् भने, |
|
| 9 |
|
| परमेश्वरले तिनीहरूलाई तिनका पाप र घमण्ड देखाइदिनुहुन्छ। |
|
| 10 |
|
| उहाँको चेतावनी तिनीहरूका कानमा परिरहन्छ, दुष्ट चालबाट फर्कनलाई आज्ञा दिनुहुन्छ। |
|
| 11 |
|
| यदि तिनीहरूले परमेश्वरको आज्ञा मान्छन् र सेवा गर्छन् भने सुख र शान्तिमा तिनीहरूले आफ्ना जीवन बिताउनेछन्। |
|
| 12 |
|
| तर होइन भने तिनीहरू अज्ञानतामा मर्नेछन् र नदीपारि मृतकहरूको देशमा पुग्नेछन्। |
|
| 13 |
|
| परमेश्वर नमान्ने मानिसहरू रिसाइरहन्छन्, दण्ड पाइसकेर पनि तिनीहरूले सहायताको निम्ति बिन्ती गर्दैनन्। |
|
| 14 |
|
| तिनीहरू कलिला उमेरमा नै मर्छन्, थकित र बदनाम भएर मर्छन्। |
|
| 15 |
|
| परमेश्वरले मानिसलाई कष्टद्वारा सिकाउनुहुन्छ। दु:ख दिएर नै तिनीहरूका आँखा खोलिदिनुहुन्छ। |
|
| 16 |
|
| परमेश्वरले तपाईंलाई कष्टबाट बचाउनुभएको थियो र सुरक्षित राख्नुभएको थियो। तपाईंको टेबिलमा प्रशस्त भोजन थियो। |
|
| 17 |
|
| तर अब तपाईंले आफूले पाउनुपर्ने दण्ड भोग्दै हुनुहुन्छ। |
|
| 18 |
|
| होस् गर्नुहोस्, घुसका पैसाले तपाईंलाई धोका देलान् र धन-सम्पत्तिले तपाईंलाई कुमार्गतिर लैजाला। |
|
| 19 |
|
| तपाईंको धन-सम्पत्तिले पनि तपाईंको सहायता हुँदैन। तपाईंको सारा शक्तिले अब तपाईंलाई सहायता गर्न सक्नेछैन। |
|
| 20 |
|
| जाति-जातिहरू नाश भएर जाने रातको समय आओस् भनेर नचिताउनुहोस्। |
|
| 21 |
|
| होशियार गर्नुहोस्, दुष्ट्याइँतिर नफर्कनुहोस्। तपाईंले विपत्तिलाई भन्दा दुष्ट्याइँलाई मन पराउनुभएको छ। |
|
| 22 |
|
| परमेश्वर हामीभन्दा धेरै उच्चमा आफ्ना महिमासाथ रहनुहुन्छ। उहाँजस्तो सर्वोत्तम शिक्षक अरू को छ र? |
|
| 23 |
|
| कसैले परमेश्वरलाई काम अह्राउन सक्छ र? वा कसले उहाँको गल्ती भएको छ भनी भन्न सक्छ? |
|
| 24 |
|
| मानिसहरूले सधैँ उहाँका कार्यको प्रशंसा गाएका छन्, तपाईं पनि उहाँको प्रशंसा गाउनुहोस्। |
|
| 25 |
|
| सबै मानिसहरूले उहाँको कार्यलाई देखेका छन्। टाढैबाट मात्र हामी ती हेर्न सक्छौं। |
|
| 26 |
|
| हामीले परमेश्वरको महान्ताबारे पूरा जान्न सक्दैनौं। उहाँको उमेरका वर्षहरू गन्न सक्दैनौं। |
|
| 27 |
|
| परमेश्वरले पृथ्वीबाट पानी खिंच्नुहुन्छ र झरीका थोपाका रूपमा आकाशबाट वर्षाउनुहुन्छ। |
|
| 28 |
|
| उहाँले मेघबाट झरी वर्षाउनुहुन्छ, सबै मानिस जातिलाई प्रचुर वर्षा दिनुहुन्छ। |
|
| 29 |
|
| परमेश्वर बास गर्नुहुने आकाशमा मेघ कसरी उठ्छ अनि गड्याङ-गुडुङ कसरी गर्जन्छ कसैले जान्दैन। |
|
| 30 |
|
| उहाँले आकाशको एक छेउबाट अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइ अँध्यारै रहन्छ। |
|
| 31 |
|
| यस प्रकारले उहाँले मानिसहरूको खुराक जुटाइदिनुहुन्छ र प्रशस्त गरी खानेकुरा दिनुहुन्छ। |
|
| 32 |
|
| उहाँले बिजुलीलाई हातले समात्नुहुन्छ र ठीक निशानामा बज्रोस् भनी पठाइदिनुहुन्छ। |
|
| 33 |
|
| गर्जनले आउन लागेको आँधीको सङ्केत गर्दछ अनि गाई-वस्तुले पनि ती बुझ्दछन्। |
|
|
|
|