×

सरल नेपाली पवित्र बाइबल 2008

काम ४

1
[1-2] अय्‍यूब, म बोलेकोमा तपाईं रिसाउनुहुन्‍छ? म अब चुप बस्‍न सक्‍दिनँ।
2
3
तपाईंले धेरै मानिसहरूलाई शिक्षा दिनुभयो र दुर्बल मानिसहरूलाई बल दिनुभयो।
4
दुर्बल भई ठोकर खानेहरू र थाकेकाहरूलाई तपाईंको वचनले साहस दिन्‍छ।
5
यस घडी सङ्कष्‍टमा पर्ने तपाईंको पालो आयो। तपाईं व्‍याकुल हुनुहुन्‍छ र तिनको सामना गर्ने धैर्यता तपाईंसित छैन।
6
तपाईंले परमेश्‍वरलाई पुज्‍नुहुन्‍छ र तपाईंको जीवन निर्दोष छ। यसकारण तपाईंले आशा र भरोसा गुमाउनुहुन्‍न।
7
अब सोच्‍नुहोस्, देखाउनुहोस्, धर्मी मानिस कहिले विनाश भएको छ?
8
मैले मानिसहरूलाई दुष्‍ट्याइँको बारी जोत्‍दैगरेको र कुकर्मको बिउ रोप्‍दैगरेको देखेको छु। अहिले तिनीहरूले ती दुष्‍ट्याइँ र कुकर्मका फल भोगिरहेका छन्।
9
आँधीले झैँ परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गर्नुहुन्‍छ।
10
दुष्‍टहरू सिंहझैँ गर्जन्‍छन्, तर परमेश्‍वरले तिनीहरूलाई चुप पार्नुहुन्‍छ र तिनका दाँत भाँचिदिनुहुन्‍छ।
11
केही शिकार नपाउने सिंहझैँ तिनीहरू मर्छन् र उनका सन्‍तान छरपष्‍ट हुन्‍छन्।
12
एकपल्‍ट एउटा खबर सुटुक्‍क आयो, यति सुटुक्‍क कि त्‍यो मैले सुन्‍नै सकिनँ।
13
सपनामा ऐठन परेजस्‍तो मेरो निद टुट्यो।
14
म त्रासले थरथरी काँपें। डरले मेरो सारा शरीर काँप्‍यो।
15
हल्‍का हावाको झोक्‍काले मेरो अनुहार छोयो। डरले मेरो शरीरको रौं ठाडो भयो।
16
केही कुराको आकार मैले त्‍यहाँ खडा भएको देखें; मैले आँखा गाडेर हेरें तर त्‍यसलाई ठम्‍याउन सकिनँ। तब त्‍यो सुनसानका बीचबाट मैले एउटा सोर सुनें:
17
“के परमेश्‍वरको नजरमा कोही धर्मी ठहरिन सक्‍छ? के कोही प्राणी आफ्‍नो सृष्‍टिकर्ताको अघि पवित्र ठहरिन सक्‍छ?
18
परमेश्‍वर आफ्‍नो स्‍वर्गका सेवकहरूमाथि भर पर्नुहुन्‍न; उहाँले स्‍वर्गदूतहरूलाई पनि दोषी पाउनुहुन्‍छ।
19
चुर पार्न सकिने सानो माटाको पुतलीझैँ, धुलोको एउटा डल्‍लो अथवा माटोको प्राणीलाई उहाँले विश्‍वास गर्नुहुन्‍छ भनी के तिमी ठान्‍छौ?
20
बिहान बोल्‍दैगरेको मानिस कसैलाई थाहा नभई बेलुकासम्‍म मरिसकेका हुन्‍छन्‌।
21
उनीसित भएका सबै थोक खोसिन्‍छ र बिनाज्ञान उनी मर्छन्।”
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्