|
| 1 |
|
| “चाहनुहुन्छ भने बोलाएर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ दिन्छ? कुन पवित्र जनहरूतिर तपाईं फर्कनुहुनेछ? |
|
| 2 |
|
| रीसले मूर्खलाई मार्छ, अनि ईर्ष्याले सोझाहरूलाई। |
|
| 3 |
|
| मूर्खले जरा गाड़ेको मैले देखेको छु, तर त्यसको घर एक्कासि श्रापित भयो। |
|
| 4 |
|
| त्यसका बालकहरू सुरक्षित नभएका, अदालतमा प्रतिवाद गरिदिने कोही नभई पेलिएका मैले देखेको छु। |
|
| 5 |
|
| त्यसले कटनी गरेको फसल भोकाहरूले खान्छन्, काँढ़ाहरूका बीचबाट उम्रेका पनि बटुलेर लान्छन्, तिर्खाएकाहरूले त्यसका धन-सम्पत्तिको तृष्णा गर्छन्। |
|
| 6 |
|
| किनकि माटोबाट कष्ट उब्जँदैन, न त जमिनबाट दु:ख उत्पन्न हुन्छ। |
|
| 7 |
|
| आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि दु:खकै लागि जन्मन्छ। |
|
| 8 |
|
| “तर यदि म भएको भए, म मेरो अर्जी परमेश्वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्ने राख्नेथिएँ। |
|
| 9 |
|
| उहाँले महान् र बुझ्न नसकिने कार्यहरू, अनगन्ती आश्चर्यकर्महरू गर्नुहुन्छ। |
|
| 10 |
|
| उहाँले पृथ्वीमा पानी वर्षाउनुहुन्छ, र खेतहरूमा पानी पठाउनुहुन्छ। |
|
| 11 |
|
| उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ, र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्नुहुनेछ, |
|
| 12 |
|
| धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्छ, अनि तिनीहरूले सफलता पाउँदैनन्। |
|
| 13 |
|
| उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्रनुहुन्छ, र धूर्तहरूका योजना खलबल पारिदिनुहुन्छ। |
|
| 14 |
|
| तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्छन्, र मध्यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्छन्। |
|
| 15 |
|
| उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र कङ्गालीहरूलाई बलियाहरूका पन्जादेखि जोगाउनुहुन्छ। |
|
| 16 |
|
| यसैले गरीबहरूको आशा हुन्छ, र अन्यायले आफ्नो मुख बन्द गर्नेछ। |
|
| 17 |
|
| “त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले चेताउनुहुन्छ। यसकारण सर्वशक्तिमान्को अनुशासनलाई इन्कार नगर। |
|
| 18 |
|
| किनभने उहाँले चोट पार्नुहुन्छ, तर उहाँले पट्टी बाँध्नुहुन्छ, उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ। |
|
| 19 |
|
| छ पल्ट तिमीमाथि आपत् आइपरे तापनि उहाँले तिमीलाई बचाउनुहुनेछ, सात पल्टको हानिले पनि तिमीलाई छुनेछैन। |
|
| 20 |
|
| अनिकालको बेलामा उहाँले तिमीलाई मृत्युबाट बचाउनुहुनेछ, उहाँले तिमीलाई युद्धमा तरवारबाट जोगाउनुहुनेछ। |
|
| 21 |
|
| उहाँले तिमीलाई निन्दाको कोर्राबाट सुरक्षित राख्नुहुनेछ, विनाश आउँदा तिमी डराउनुपर्नेछैन। |
|
| 22 |
|
| विनाश र अनिकालमाथि तिमी हाँस्ने छौ, अनि जङ्गली जनावरहरूदेखि तिमी डराउनुपर्नेछैन। |
|
| 23 |
|
| खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँध्नेछौ र वन-पशुहरूले तिमीसँग मेलमिलाप राख्नेछन्। |
|
| 24 |
|
| तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ, र तिमीले आफ्ना बगालको सम्पत्तिको लेखा राख्दा केही अभाव पाउनेछैनौ। |
|
| 25 |
|
| तिम्रा सन्तान-दरसन्तानहरू धेरै भएका र तिम्रा छोराछोरीहरू जमिनका घाँसहरूझैँ भएका तिमीलाई थाहा हुनेछ। |
|
| 26 |
|
| आफ्नो ठीक ऋतुमा खलामा बाली आएझैँ पूरा वृद्धावस्थामा तिमी आफ्नो मृत्युमा पुग्नेछौ। |
|
| 27 |
|
| “हामीले यी सबै जाँचेका छौं, र यो सत्य हो। यसैले यो सुन्नुहोस्, अनि आफूमा त्यो लागू गर्नुहोस्।” |
|
|
|
|