×

सरल नेपाली पवित्र बाइबल 2008

काम ६

1
[1-2] मेरा दु:ख र कष्‍टहरू तराजुमा जोख्‍न पाए,
2
3
समुद्रका बालुवाभन्दा पनि ती गह्रौं हुनेथिए। यसैले मेरो रूखो बोलीमा अचम्‍म नमान्‍नुहोला।
4
सर्वशक्तिमान् परमेश्‍वरले आफ्‍नो काँड ममा रोप्‍नुभएको छ। त्‍यसको विष मभित्र छरिएको छ, मलाई भयभीत पार्ने परमेश्‍वरका डरलाग्‍दा कुराहरू मेरा विरुद्धमा लहरै खडा छन्।
5
घाँस खान पाए गधा सन्‍तुष्‍ट हुन्‍छ, पराल खान पाए गोरु चुप लाग्‍छ।
6
तर कसले खल्‍लो, अलिनो खाना खान सक्‍छ? फुलको सेतो भागमा के स्‍वाद हुन्‍छ र?
7
त्‍यस्‍तो खाना खाने मलाई रुचि छैन। यस्‍तो कुराले मलाई बिरामी बनाउँछ।
8
मैले मागेका कुरा मलाई परमेश्‍वरले किन दिनुहुन्‍न? किन मेरा प्रार्थनाको उत्तर उहाँले मलाई दिनुहुन्‍न?
9
उहाँले अघि बढेर मलाई मार्नुभए त हुनेथियो!
10
त्‍यसो हुँदो हो त जति कष्‍ट भए पनि म आनन्‍दले उफ्रने थिएँ। म जान्‍दछु परमेश्‍वर पवित्र हुनुहुन्‍छ; मैले कहिल्‍यै परमेश्‍वरको आज्ञाको विरोध गरेको छैनँ।
11
ममा अब केही बल छैन, म किन बाँचिरहूँ? मलाई केहीको आशा छैन, म किन धैर्य धारण गरूँ?
12
के म ढुङ्गाले बनेको हुँ? के मेरो शरीर काँसाको हो?
13
आफैंलाई बचाउने बल ममा छैन; सहायता पाउने उपाय कतै पनि छैन।
14
मैले परमेश्‍वरलाई त्‍यागेको पनि वा नत्‍यागे पनि यस्‍तो दु:खको समयमा मलाई साथ दिने साथी चाहिन्‍छ।
15
तर हे मेरा मित्र हो, वर्षा नभएर खहरे खोलाहरू सुकेझैँ तपाईंहरू मलाई धोका दिनुहुन्‍छ।
16
ती खोलाहरूमा हिँउ पग्‍लेर भल आउँछ।
17
तर गरमका दिनमा ती खोलाहरू सुकेर हराउँछन्। अनि खोला बगेका ठाउँ खुल्‍ला र उजाड हुन्‍छन्।
18
यात्रीका दलहरू पानी खोज्‍दाखोज्‍दै हराउँछन्। तिनीहरू उजाड-स्‍थानमा यताउति हिँड्दा-हिँड्दै मरिजान्‍छन्।
19
शेबा र तेमाका यात्रीहरूले पानी खोज्‍दछन्।
20
तर तिनीहरूका आशा सुख्‍खा खहरे खोलामा पुगेर मर्छ।
21
तपाईंहरू मेरो निम्‍ति ती खहरे खोलाझैँ हुनुहुन्‍छ, मेरो दूर्गति देखेर तपाईंहरू डरले भाग्‍नुहुन्‍छ।
22
के मैले तपाईंहरूसँग केही कुरा मागें? वा मेरो निम्‍ति कसैलाई “घुस दिनुहोस्” भनें?
23
वा त कुनै शत्रु वा अत्‍याचारीका हातबाट मलाई बचाउनुहोस् भनें?
24
ठीक छ? लौ त मलाई शिक्षा दिनुहोस्; मलाई मेरो दोष देखाइदिनुहोस्। म चुप लाग्‍नेछु र सुन्‍नेछु।
25
सत्‍य कुरा विश्‍वास गर्न सकिन्‍छ। तर तपाईंहरूका कुराको केही अर्थ नै छैन।
26
मेरा कुरा हावा मात्र हुन् भनी तपाईंहरू ठान्‍नुहुन्‍छ भने किन मेरा ती निराशाका कुराको जवाफ तपाईंहरू दिनुहुन्‍छ?
27
टुहुरा कमारा-कमारीको बाजी राखेर तपाईंहरू जुवा खेल्‍नुहुन्‍छ। नजिकका साथीहरूबाट पनि नाफा खोज्‍नुहुन्‍छ!
28
त अब मेरो मुखमा हेर्नुहोस्। म झूट बोल्‍दिनँ।
29
तपाईंहरूले धेरै भन्‍नुभयो। साह्रै अन्‍याय भयो। मलाई नदोष्‍याउनुहोस्। यहाँ मेरो इमानदारीताको पनि प्रश्‍न छ।
30
म झूट बोल्‍दैछु भनी तपाईंहरू सोच्‍नुहुन्‍छ। के मैले साँचो र झूटो ठम्‍याउन सक्‍दिनँ र?
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्