नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| दाऊदको भजन [1] म तपाईंको प्रेम र न्यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंको प्रशंसा गाउनेछु। |
| 2 |
| म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। |
| 3 |
| मेरो आँखाको सामुन्ने कुनै नीच कुरा म राख्नेछैनँ। पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्। |
| 4 |
| कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्बन्ध राख्नेछैनँ। |
| 5 |
| जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ, त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहनेछैनँ। |
| 6 |
| मेरो कृपादृष्टि देशका विश्वासयोग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्। त्यो जो निर्दोष मार्गमा हिँड्दछ, त्यसले मेरो सेवा गर्नेछ। |
| 7 |
| छलकपट गर्ने मानिस मेरो घरमा बस्न पाउनेछैन, झूट बोल्ने मानिस मेरो नजरको सामुन्ने रहन पाउनेछैन। |
| 8 |
| देशका सबै दुष्ट जनहरूलाई हरेक बिहान म नष्ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्ट काम गर्नेहरू सबैलाई म नष्ट पार्नेछु। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/101.mp3
150
101