|
| 1 |
|
| परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। |
|
| 2 |
|
| उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। |
|
| 3 |
|
| उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। |
|
| 4 |
|
| परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। |
|
| 5 |
|
| उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, |
|
| 6 |
|
| हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएका हो। |
|
| 7 |
|
| उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन्। |
|
| 8 |
|
| उहाँ आफ्नो करार सदा स्मरण गर्नुहुन्छ, त्यो वचन जो उहाँले हजारौं पुस्ताहरूलाई दिनुभएको थियो, |
|
| 9 |
|
| त्यही करार, जो उहाँले अब्राहामसँग बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, |
|
| 10 |
|
| जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो: |
|
| 11 |
|
| “तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंश हुनेछ।” |
|
| 12 |
|
| जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए, |
|
| 13 |
|
| तिनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे। |
|
| 14 |
|
| उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो, |
|
| 15 |
|
| “मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” |
|
| 16 |
|
| उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र अन्नका सारा आपूर्ति नै नष्ट गरिदिनुभयो। |
|
| 17 |
|
| उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। |
|
| 18 |
|
| तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्जीर लगाइदिए, |
|
| 19 |
|
| जबसम्म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन। |
|
| 20 |
|
| राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्धनबाट मुक्त गरे। |
|
| 21 |
|
| राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए, र आफ्ना सबै सम्पत्तिका शासक तुल्याए, |
|
| 22 |
|
| उनका राजकुमारहरूलाई तिनले चाहेजस्तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई। |
|
| 23 |
|
| तब इस्राएल मिश्रदेशमा प्रवेश गरे, र याकूब हामको देशमा प्रवासीको रूपमा बसे। |
|
| 24 |
|
| परमेश्वरले आफ्ना प्रजालाई ज्यादै फलवन्त बनाउनुभयो, तिनीहरूको शत्रुभन्दा तिनीहरूको सङ्ख्या अझ बढ़ी बनाउनुभयो। |
|
| 25 |
|
| परमेश्वरले मिश्रीहरूका हृदयलाई उहाँका दासहरूलाई घृणा गर्न परिवर्तन गर्नुभयो, आफ्ना सेवकहरूका विरुद्ध षड्यन्त्र गर्ने मन उनीहरूलाई दिनुभयो। |
|
| 26 |
|
| उहाँले आफ्ना दास मोशा र आफूले चुन्नुभएका हारूनलाई पठाउनुभयो। |
|
| 27 |
|
| तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्चर्यका चिन्हहरू, र हामको देशमा आश्चर्यका कामहरू देखाए। |
|
| 28 |
|
| उहाँले अन्धकार पठाउनुभयो, र समस्त देशमा अँध्यारो छायो, किनकि उनीहरूले उहाँका वचनको विरोध गरेका थिए। |
|
| 29 |
|
| उहाँले उनीहरूका पानीहरूलाई रगत बनाउनुभयो, र उनीहरूका माछाहरू मरे। |
|
| 30 |
|
| भ्यागुताका बथान उनीहरूको देशमा आएर शासकहरूका शयनकक्षसम्म पनि पुगे। |
|
| 31 |
|
| उहाँले आज्ञा गर्नुभयो, र सारा देश झीँगा र भुसुनाले भरियो। |
|
| 32 |
|
| उहाँले वृष्टिलाई असिनामा परिवर्तन गर्नुभयो, र उनीहरूको देशभरि बिजुली चम्काउनुभयो। |
|
| 33 |
|
| उहाँले उनीहरूका दाख र अञ्जीरका बोटहरू ध्वंस पारिदिनुभयो, र उनीहरूको देशका रूखहरू ढाल्नुभयो। |
|
| 34 |
|
| उहाँले आज्ञा गर्नुभयो, र सलहहरू र अनगिन्ती फटेंग्राहरू आए। |
|
| 35 |
|
| तिनीहरूले उनीहरूको देशका सबै वनस्पति, र उनीहरूको भूमिका फल खाइदिए। |
|
| 36 |
|
| अनि उहाँले उनीहरूको देशका सबै ज्येष्ठ सन्तान, उनीहरूको पौरखका पहिला फलहरूलाई नाश गर्नुभयो। |
|
| 37 |
|
| उहाँले सुन र चाँदीसहित इस्राएलीहरूलाई बाहिर निकाल्नुभयो, र तिनीहरूका कुलमध्येको कसैले पनि ठोकर खाएन। |
|
| 38 |
|
| तिनीहरू निस्किगएकामा मिश्रदेश खुशी भयो, किनभने इस्राएलको भय उनीहरूमाथि परेको थियो। |
|
| 39 |
|
| उहाँले आवरणको निम्ति बादल फिँजाउनुभयो, र राती उज्यालो दिनलाई आगो दिनुभयो। |
|
| 40 |
|
| तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो, र स्वर्गको रोटी तिनीहरूलाई प्रशस्त मात्रामा दिनुभयो। |
|
| 41 |
|
| उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्क्यो, र मरुभूमिमा नदीझैँ बग्यो। |
|
| 42 |
|
| किनभने उहाँले आफ्ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। |
|
| 43 |
|
| उहाँले आफ्ना मानिसहरूलाई आनन्दसाथ आफ्ना चुनिएकाहरूलाई जयजयकारको ध्वनिसाथ ल्याउनुभयो। |
|
| 44 |
|
| उहाँले तिनीहरूलाई जाति-जातिहरूका देश दिनुभयो, र अरू मानिसहरूका परिश्रमको फल तिनीहरूले आफ्नो अधिकारमा पारे। |
|
| 45 |
|
| तिनीहरूले उहाँका आदेशहरू पालन गरून्, र उहाँका नियमहरूलाई मानून् भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर। |
|
|
|
|