|
| 1 |
|
| सबै सङ्कष्टमा परमेश्वर शरणस्थान [1] परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदासर्वदा रहिरहन्छ। |
|
| 2 |
|
| परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो, |
|
| 3 |
|
| तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। |
|
| 4 |
|
| कोही मरुस्थलका उजाड-स्थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्। |
|
| 5 |
|
| भोक र प्यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। |
|
| 6 |
|
| तब तिनीहरूले आफ्नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्बाट छुटाउनुभयो। |
|
| 7 |
|
| उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्याएर एउटा सहरमा पुर्याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके। |
|
| 8 |
|
| तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। |
|
| 9 |
|
| किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। |
|
| 10 |
|
| कोही-कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए, |
|
| 11 |
|
| किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। |
|
| 12 |
|
| यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। |
|
| 13 |
|
| तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। |
|
| 14 |
|
| उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनुभयो, र उहाँले तिनीहरूका बन्धन टुक्रा-टुक्रा पारिदिनुभयो। |
|
| 15 |
|
| तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्! |
|
| 16 |
|
| किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ, र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ। |
|
| 17 |
|
| कोही-कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्नै अपराधको कारण विपत्तिमा परे। |
|
| 18 |
|
| सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्युको मुखसम्म पुगे। |
|
| 19 |
|
| तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। |
|
| 20 |
|
| उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो। |
|
| 21 |
|
| तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। |
|
| 22 |
|
| तिनीहरूले धन्यवाद बलि चढ़ाऊन्, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्। |
|
| 23 |
|
| कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए। |
|
| 24 |
|
| तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे। |
|
| 25 |
|
| किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए। |
|
| 26 |
|
| तिनीहरू आकाशसम्मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। |
|
| 27 |
|
| तिनीहरू मतवालाजस्तै रन्थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्कल गुम भयो। |
|
| 28 |
|
| तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। |
|
| 29 |
|
| उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए। |
|
| 30 |
|
| आँधी शान्त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्याउनुभयो। |
|
| 31 |
|
| तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। |
|
| 32 |
|
| तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्। |
|
| 33 |
|
| उहाँले नदीहरूलाई मरुभूमिमा बग्ने खोलालाई सुक्खा भूमिमा, |
|
| 34 |
|
| र मलिलो भूमिलाई नूनको मरुस्थलमा परिवर्तन गरिदिनुभयो— त्यहाँ बस्ने मानिसहरूका दुष्टताको कारणले यसो भएको थियो। |
|
| 35 |
|
| उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो। |
|
| 36 |
|
| परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनुभयो, अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे। |
|
| 37 |
|
| तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्पादन गर्यो। |
|
| 38 |
|
| उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, अनि तिनीहरूको सङ्ख्यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्तुहरूलाई उहाँले घट्न दिनुभएन। |
|
| 39 |
|
| अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए। |
|
| 40 |
|
| उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्किहिँड्न दिनुभयो। |
|
| 41 |
|
| तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्बाट उकास्नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो। |
|
| 42 |
|
| सोझाहरू यो देख्तछन्, र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्ना मुख बन्द राख्छन्। |
|
| 43 |
|
| जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र परमप्रभुको महान् करुणामाथि विचार गरोस्। |
|
|
|
|