नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमेश्वर, मेरो हृदय स्थिर छ, म गाउनेछु, र मेरो सम्पूर्ण प्राणले म राग बजाउनेछु। |
| 2 |
| हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु। |
| 3 |
| हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु। |
| 4 |
| किनकि तपाईंको करुणा महान् छ, स्वर्गभन्दा पनि उच्च छ, र तपाईंको विश्वसनीयताले आकाशै छुन्छ। |
| 5 |
| हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभरि व्याप्त होस्। |
| 6 |
| तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मदत गर्नुहोस्, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्। |
| 7 |
| परमेश्वरले आफ्नो पवित्रस्थानबाट भन्नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्कोतका बेँसी नापेर छुट्ट्याउनेछु। |
| 8 |
| गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो। |
| 9 |
| मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्नो जुत्ता फाल्छु। पलिश्तमाथि म विजयसाथ कराउँछु।” |
| 10 |
| कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला? एदोमसम्म मलाई कसले डोर्याउला? |
| 11 |
| हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्न? |
| 12 |
| शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता त व्यर्थको हुन्छ। |
| 13 |
| परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/108.mp3
150
108