|
| 1 |
|
| सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्। |
|
| 2 |
|
| किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्, तिनीहरूले मेरो विषयमा झूटो बोल्ने जिब्राले बोलेका छन्। |
|
| 3 |
|
| घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन्, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्। |
|
| 4 |
|
| मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ। |
|
| 5 |
|
| तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा। |
|
| 6 |
|
| कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस्, र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्। |
|
| 7 |
|
| त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरिओस्, र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्। |
|
| 8 |
|
| त्यसको आयु अल्प होस्, र त्यसको पद अर्कोले खोसोस्। |
|
| 9 |
|
| त्यसका छोरा-छोरीहरू पितृहीन होऊन्, र त्यसकी पत्नी विधवा होस्। |
|
| 10 |
|
| त्यसका छोरा-छोरीहरू भीख माग्ने होऊन्, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्। |
|
| 11 |
|
| त्यससँग भएका सबै सम्पत्ति साहूले जफत गरोस्, र त्यसको परिश्रमका फलहरू पराईहरूले लुटून्। |
|
| 12 |
|
| त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्। |
|
| 13 |
|
| त्यसका सन्तान-दरसन्तान बहिष्कृत होऊन्, अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिऊन्। |
|
| 14 |
|
| त्यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्झना होस्, र त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्। |
|
| 15 |
|
| तिनीहरूका पाप निरन्तर परमप्रभुको सामु रहून्, र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदेऊन्। |
|
| 16 |
|
| किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दु:खी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्युसम्मै त्यसले खेदो गरेको थियो। |
|
| 17 |
|
| त्यसले सराप दिन मन पराउँथ्यो— त्यो सराप त्यहीमाथि आइपरोस्। त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् टाढ़ै रहोस्। |
|
| 18 |
|
| त्यसले वस्त्र धारण गरेजस्तै सराप धारण गर्यो। सराप त्यसको पेटमा पानीजस्तै भरियो, र तेलजस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो। |
|
| 19 |
|
| सराप त्यसको लागि वस्त्रजस्तै होस्, र यो त्यसको कमरमा निरन्तर बाँधिने पटुकाजस्तै होस्। |
|
| 20 |
|
| मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परमप्रभुले यस्तै पुरस्कार देऊन्। |
|
| 21 |
|
| तर हे परमप्रभु परमेश्वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस्, र मलाई छुटाउनुहोस्। |
|
| 22 |
|
| किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ। |
|
| 23 |
|
| म बेलुकीको छायाजस्तै विलोप हुन्छु, सलह झैं म टकटक्याइएर फालिएको छु। |
|
| 24 |
|
| उपवास बस्दा-बस्दा मेरा घुँड़ाहरू निर्बल भएका छन्, र मेरो शरीर दुब्लो र सुकेको छ। |
|
| 25 |
|
| मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्। |
|
| 26 |
|
| हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्। |
|
| 27 |
|
| यो तपाईंको हात हो भनी तिनीहरूले जानून्, र हे परमप्रभु, तपाईंले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझून्। |
|
| 28 |
|
| तिनीहरूले सराप्न सक्छन्, तर तपाईंले आशिष् दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्, तर तपाईंको दास हर्षित हुनेछ। |
|
| 29 |
|
| मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन्, र आफ्नो शर्मको खास्टोले ढाकेका हुनेछन्। |
|
| 30 |
|
| म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु। |
|
| 31 |
|
| किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्छ, र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ। |
|
|
|
|