सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभुको स्तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्न आनन्द मनाउने मानिस साँच्चै खुसी हो। |
| 2 |
| असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्छन्, उसका सन्तानले आशिष् पाउँछन्। |
| 3 |
| उसका घर-परिवारले धन-सम्पत्ति कमाउँछन् र सधैँ उसको फलिफाप हुनेछ। |
| 4 |
| असल मानिसको लागि र जो कृपालु, दयालु र धर्मी छन्, तिनीहरूको लागि अन्धकारमा ज्योति चम्कन्छ। |
| 5 |
| त्यो मानिस खुसी रहन्छ, जसले मुट्ठी खोलेर ऋण दिन्छ र आफ्नो व्यापार इमानदारीसाथ चलाउँछ। |
| 6 |
| असल मानिस कहिल्यै असफल हुन्न, उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्। |
| 7 |
| दुष्ट समाचार पाएर ऊ हड्बडाउँदैन, उसको विश्वास दरिलो छ र उसले परमप्रभुमाथि भरोसा राख्दछ। |
| 8 |
| उसलाई डर वा फिक्री हुँदैन, उसले अवश्यै आफ्ना शत्रुहरूको हार भएको देख्नेछ। |
| 9 |
| उसले अभावमा परेकाहरूलाई खुला मनले दिँदछ र उसको दया कहिल्यै हराउँदैन। ऊ शक्तिशाली हुनेछ र उसले आदर पाउनेछ। |
| 10 |
| दुष्टहरूले यो देखेर रिस गर्छन्, तिनीहरू दाह्रा किट्छन् र लोप भएर जानेछन् र तिनीहरूका आशा पनि सधैँको लागि हराइजान्छन्। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/112.mp3
150
112