नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर। |
| 2 |
| परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्मै प्रशंसा भइरहोस्! |
| 3 |
| सूर्योदयदेखि सूर्यास्तसम्मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। |
| 4 |
| परमप्रभु सबै जाति-जातिहरूमा उच्च हुनुहुन्छ, र उहाँको महिमा स्वर्गभन्दा उच्च छ। |
| 5 |
| परमप्रभु हाम्रा परमेश्वरको समान को छ र? उहाँ, जो उच्च स्थानमा विराजमान हुनुहुन्छ, |
| 6 |
| जो आकाश र पृथ्वीमाथि दृष्टि गर्न निहुरनुहुन्छ। |
| 7 |
| कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्नुहुन्छ। |
| 8 |
| उहाँले तिनीहरूलाई राजकुमारहरूसँग, र आफ्नै प्रजाका राजकुमारहरूका साथमा बसाल्नुहुन्छ। |
| 9 |
| बाँझी स्त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्थिर गरिदिनुहुन्छ। परमप्रभुको प्रशंसा गर। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/113.mp3
150
113