नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| जब इस्राएल मिश्रदेशबाट आए, जब याकूबको घराना पराई भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए, |
| 2 |
| तब यहूदा परमप्रभुको पवित्रस्थान, र इस्राएल उहाँको राज्य भयो। |
| 3 |
| यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टो बग्न लाग्यो। |
| 4 |
| पहाड़हरू भेड़ाहरूझैँ उफ्रन लागे, डाँड़ाहरू भेड़ाका पाठाहरूझैँ कुद्न लागे। |
| 5 |
| हे समुद्र, तँलाई के भयो, र तँ भागिस्? र हे यर्दन, तँ किन फर्केर गइस्? |
| 6 |
| हे पहाड हो, तिमीहरू भेड़ाहरूझैँ, हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैँ किन कुद्यौ? |
| 7 |
| हे पृथ्वी, परमप्रभुको सामुन्ने, याकूबका परमेश्वरको सामुन्ने थरहरी होऊ, |
| 8 |
| जसले चट्टानलाई पानीको तालमा, र ढुङ्गेनी पहाड़लाई पानीको स्रोतमा परिवर्तन गर्नुभयो। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/114.mp3
150
114