|
| 1 |
|
| परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्छ। |
|
| 2 |
|
| इस्राएलले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।” |
|
| 3 |
|
| हारूनको वंशले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।” |
|
| 4 |
|
| परमप्रभुको भय मान्नेहरूले भनून्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।” |
|
| 5 |
|
| मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो। |
|
| 6 |
|
| परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र? |
|
| 7 |
|
| परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु। |
|
| 8 |
|
| परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। |
|
| 9 |
|
| परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। |
|
| 10 |
|
| सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें। |
|
| 11 |
|
| तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें। |
|
| 12 |
|
| तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें। |
|
| 13 |
|
| म बलपूर्वक पछाडि घचेटिएँ र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो। |
|
| 14 |
|
| परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ। |
|
| 15 |
|
| धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ! |
|
| 16 |
|
| परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।” |
|
| 17 |
|
| म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु। |
|
| 18 |
|
| परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन। |
|
| 19 |
|
| मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु। |
|
| 20 |
|
| परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्। |
|
| 21 |
|
| तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईंलाई धन्यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ। |
|
| 22 |
|
| जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, |
|
| 23 |
|
| यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। |
|
| 24 |
|
| आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं। |
|
| 25 |
|
| हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्। |
|
| 26 |
|
| परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं। |
|
| 27 |
|
| परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ। |
|
| 28 |
|
| तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंमा धन्यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु। |
|
| 29 |
|
| परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदासर्वदा रहिरहन्छ। |
|
|
|
|