नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| यात्राको निम्ति दाऊदको गीत [1] जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। |
| 2 |
| ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्। |
| 3 |
| यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। |
| 4 |
| इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। |
| 5 |
| त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्। |
| 6 |
| यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्, |
| 7 |
| तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।” |
| 8 |
| मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।” |
| 9 |
| परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/122.mp3
150
122