×

नेपाली बाइबल 2004 ERV

भजनमा १२३

1
हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2
दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ।
3
त्यस्तै प्रकारले, हामी हाम्रा परमप्रभु परमपितामा निर्भर छौ। उहाँले कति बेला हामीतर्फ दया देखाउनु हुन्छ भनेर पर्खिएका छौं।
4
हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौ। धेरै समयदेखि ती अल्छे र घमण्डी मानिसहरूले निन्दा गरिरहेका छन्।
Nepali Bible ERV 2004
Nepali Holy Bible: Easy-to-Read Version 2004 Bible League International
:
नोटहरू बचत गर्नुहोस्