सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए के हुन्थ्यो? हे इस्राएल, जवाफ देऊ! |
| 2 |
| हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, |
| 3 |
| हाम्रा विरुद्धमा भएको आफ्नो बल्दो रिसमा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए। |
| 4 |
| पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो। |
| 5 |
| उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। |
| 6 |
| हामी परमप्रभुलाई धन्यवाद चढाऔं, उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन। |
| 7 |
| शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं! |
| 8 |
| स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/124.mp3
150
124