नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| यात्राको गीत [1] परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ। |
| 2 |
| पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। |
| 3 |
| दुष्टहरूको राजदण्ड धर्मीहरूका निम्ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउनेछन्। |
| 4 |
| हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्, तिनीहरूलाई जसका हृदय सोझा छन्। |
| 5 |
| तर कुमार्गतिर लाग्नेहरूलाई परमप्रभुले दुष्ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्ति होस्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/125.mp3
150
125