नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| यात्राको गीत [1] जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं। |
| 2 |
| तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।” |
| 3 |
| परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौं। |
| 4 |
| हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्। |
| 5 |
| आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। |
| 6 |
| जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/126.mp3
150
126