|
| 1 |
|
| परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर। |
|
| 2 |
|
| तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको भवनमा सेवा गर्दछौ। |
|
| 3 |
|
| परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ। |
|
| 4 |
|
| किनकि परमप्रभुले याकूबलाई आफ्नो बनाउन, र इस्राएललाई आफ्नै निज सम्पत्ति हुनलाई चुन्नुभएको छ। |
|
| 5 |
|
| मलाई थाहा छ, कि परमप्रभु महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। |
|
| 6 |
|
| स्वर्गमा, पृथ्वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ। |
|
| 7 |
|
| उहाँले पृथ्वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ, र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। |
|
| 8 |
|
| उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो। |
|
| 9 |
|
| हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्ने चिन्ह र आश्चर्य कामहरू पठाउनुभयो। |
|
| 10 |
|
| उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो, र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो: |
|
| 11 |
|
| एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई। |
|
| 12 |
|
| अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैतृक-सम्पत्तिको रूपमा दिनुभयो। |
|
| 13 |
|
| हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्छ। हे परमप्रभु, तपाईंको यश पुस्तौँसम्म रहिरहन्छ। |
|
| 14 |
|
| किनभने परमप्रभुले आफ्नो प्रजालाई न्याय दिलाउनुहुनेछ, र आफ्ना सेवकहरूमाथि अनुकम्पा राख्नुहुनेछ। |
|
| 15 |
|
| जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्, ती सब मानिसहरूका हातले बनिएका हुन्छन्। |
|
| 16 |
|
| तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन्, तर देख्न सक्दैनन्। |
|
| 17 |
|
| तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्। तिनीहरूले सास फेर्न सक्दैनन्। |
|
| 18 |
|
| तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्, अनि तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। |
|
| 19 |
|
| हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर। |
|
| 20 |
|
| हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्नेहरू, परमप्रभुको प्रशंसा गर। |
|
| 21 |
|
| सियोनबाट परमप्रभुको प्रशंसा होस्, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्। परमप्रभुको प्रशंसा गर। |
|
|
|
|