×

सरल नेपाली पवित्र बाइबल 2008

भजनमा १३७

1
हामी बेबिलोनका नदीका किनारमा बस्‍यौं, त्‍यहाँ सियोनलाई सम्‍झेर हामी रोयौं।
2
आफ्‍ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्‍डायौं।
3
हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।”
4
हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र?
5
हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्‍यै पनि वीणा बजाउन नसकूँला!
6
मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्‍नो सर्वोत्तम आनन्‍द मानी याद गरिनँ भने म फेरि कहिल्‍यै गाउन नसकूँला!
7
हे परमप्रभु, यरूशलेम कब्‍जा गरेको दिन एदोमीहरूले के गरे, याद गर्नुहोस्! तिनीहरूले भनेका यी कुरा स्‍मरण गर्नुहोस्— “यसलाई ध्‍वंस पारेर जमिनमा खसालिदिनुहोस्!”
8
हे बेबिलोन, तँ नाश पारिनेछस्। तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्।
9
उसले तेरा स-साना बच्‍चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्