नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| दाऊदको भजन [1] हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्ने म त तपाईंको प्रशंसा गर्नेछु। |
| 2 |
| म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु, र तपाईंको करुणा र विश्वसनीयताको निम्ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्नो नाउँ र आफ्नो वचन सबै कुरामाथि उच्च पार्नुभएको छ। |
| 3 |
| जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो। |
| 4 |
| तपाईंको मुखका वचन सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईंको प्रशंसा गरून्। |
| 5 |
| तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ। |
| 6 |
| परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ। |
| 7 |
| म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्छ, आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ। |
| 8 |
| परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्ति रहिरहन्छ— तपाईंका हातको रचनालाई नत्याग्नुहोस्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/138.mp3
150
138