|
| 1 |
|
| हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ! |
|
| 2 |
|
| परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ। |
|
| 3 |
|
| उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। |
|
| 4 |
|
| उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ। |
|
| 5 |
|
| हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ। |
|
| 6 |
|
| परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ। |
|
| 7 |
|
| धन्यवादका साथ परमप्रभुको स्तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्वरको स्तुति गर। |
|
| 8 |
|
| उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्छ। |
|
| 9 |
|
| उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्छ। |
|
| 10 |
|
| उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न। |
|
| 11 |
|
| तर परमप्रभु उहाँको भय मान्नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ। |
|
| 12 |
|
| हे यरूशलेम, परमप्रभुको स्तुति गा! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्! |
|
| 13 |
|
| किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष् दिनुहुन्छ। |
|
| 14 |
|
| उहाँले तेरा साँध-सिमानामा शान्ति स्थापित गरिदिनुहुन्छ, उहाँले तँलाई असल गहूँले तृप्त पार्नुहुन्छ। |
|
| 15 |
|
| उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौड़न्छ। |
|
| 16 |
|
| उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ। |
|
| 17 |
|
| उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ? |
|
| 18 |
|
| उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनुहुन्छ र पानी बग्न थाल्छ। |
|
| 19 |
|
| उहाँले आफ्नो वचन याकूबलाई, र आफ्ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ। |
|
| 20 |
|
| अरू कुनै जातिको निम्ति उहाँले यस्तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। हल्लेलूयाह! |
|
|
|
|