सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्? किन मानिसहरूले व्यर्थका जाल रच्छन्? |
| 2 |
| तिनीहरूका राजाहरूले विद्रोह गर्छन्, तिनीहरूका शासकहरूले परमप्रभुको विरुद्ध र उहाँले चुन्नुभएको राजाको विरुद्ध जाल रच्छन्। |
| 3 |
| “तिनीहरूका राज्यदेखि हामी छुटौं; तिनीहरूको बन्धन फालिदिऔं,” भनी तिनीहरू भन्छन्। |
| 4 |
| स्वर्गमा आफ्नो सिंहासनबाट परमप्रभु हाँस्नुहुन्छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्छ। |
| 5 |
| तब आफ्नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ र आफ्नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्छ। |
| 6 |
| उहाँ भन्नुहुन्छ, “मेरो पवित्र डाँडा सियोनमा मैले आफ्ना राजालाई नियुक्त गरेको छु।” |
| 7 |
| राजा भन्छन्, “परमप्रभुले के भन्नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु। |
| 8 |
| माग र म तँलाई सबै देशहरू दिनेछु, सारा पृथ्वी तेरो हुनेछ। |
| 9 |
| तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।” |
| 10 |
| राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक। |
| 11 |
| डरसँग परमप्रभुको सेवा गर; |
| 12 |
| काम्दै उहाँलाई दण्डवत् गर। होइन भने उहाँको रिस छिटो जाग्नेछ र तिमीहरू अचानक मर्नेछौ। आफ्नो सुरक्षाको लागि परमेश्वरकहाँ जानेहरू प्रसन्न रहन्छन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/002.mp3
150
2