नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| जाति-जातिहरू किन षड्यन्त्र रच्छन्, र मानिसहरू किन व्यर्थका जाल रच्छन्? |
| 2 |
| परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्। |
| 3 |
| तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।” |
| 4 |
| स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। |
| 5 |
| तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ, र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ: |
| 6 |
| “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।” |
| 7 |
| परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’ |
| 8 |
| मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु। |
| 9 |
| फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। |
| 10 |
| यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! |
| 11 |
| भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ। |
| 12 |
| पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/002.mp3
150
2