नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंकै सामर्थ्यमा राजा आनन्दित छन्, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्। |
| 2 |
| तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्ती तपाईंले इन्कार गर्नुभएको छैन। सेला |
| 3 |
| तपाईंले उत्तम आशिष् लिएर उनलाई स्वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो। |
| 4 |
| उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो। |
| 5 |
| तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान् छ। तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। |
| 6 |
| साँच्चै तपाईंले उनलाई अनन्तको आशिष् दिनुहुन्छ, अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। |
| 7 |
| किनभने राजाले परमप्रभुमा भरोसा राख्छन्, र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्नेछैनन्। |
| 8 |
| तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजिनिकाल्नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ। |
| 9 |
| तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्कने भट्टीझैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। |
| 10 |
| तपाईंले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट। |
| 11 |
| तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्। |
| 12 |
| किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। |
| 13 |
| हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्। हामी तपाईंका पराक्रमको भजन र स्तुति गाउनेछौं। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/021.mp3
150
21