×

सरल नेपाली पवित्र बाइबल 2008

भजनमा २४

1
संसार र त्‍यसमा भएका सबै थोक परमप्रभुका हुन्। पृथ्‍वी र त्‍यहाँका सबै बासिन्‍दाहरू उहाँकै हुन्।
2
उहाँले संसारलाई पृथ्‍वीमुनिका गहिरा पानीमाथि बनाउनुभयो र महासागरका गहिरो तालमा त्‍यसको जग बसाल्‍नुभयो।
3
परमप्रभुको डाँडामा उक्‍लने अधिकार कसको छ? उहाँको पवित्र मन्‍दिरमा को पस्‍न पाउँछ?
4
तिनीहरू, जसका काम र विचार शुद्ध छन्, जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्।
5
परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ; परमेश्‍वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ।
6
परमेश्‍वरकहाँ, याकूबका परमेश्‍वरको उपस्‍थितिमा आउने मानिसहरू त्‍यस्‍ता हुन्‍छन्।
7
मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्‍छ।
8
यी महान् राजा को हुनुहुन्‍छ? उहाँ बलिया र पराक्रमी परमप्रभु, लडाइँमा विजयी परमप्रभु नै हुनुहुन्‍छ।
9
मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्‍छ।
10
यी महान् राजा को हुनुहुन्‍छ? विजयी परमप्रभु नै यी महान् राजा हुनुहुन्‍छ!
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्