|
| 1 |
|
| दाऊदको भजन [1] हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्छु। |
|
| 2 |
|
| हे मेरा परमेश्वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। |
|
| 3 |
|
| तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। |
|
| 4 |
|
| हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। |
|
| 5 |
|
| तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ। |
|
| 6 |
|
| हे परमप्रभु, तपाईंको महान् करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। |
|
| 7 |
|
| मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्, हे परमप्रभु, आफ्नो प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं असल हुनुहुन्छ। |
|
| 8 |
|
| परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। |
|
| 9 |
|
| उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। |
|
| 10 |
|
| उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वासयोग्य हुन्छन्। |
|
| 11 |
|
| हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्, यद्यपि मेरो अपराध अति ठूलो छ। |
|
| 12 |
|
| परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो, परमप्रभुले त्यसलाई सिकाउनुहुनेछ। |
|
| 13 |
|
| त्यसले सुख-चैनमा आफ्नो दिन बिताउनेछ, र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। |
|
| 14 |
|
| परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ, र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। |
|
| 15 |
|
| मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ। |
|
| 16 |
|
| मतिर फर्कनुहोस्, र ममाथि कृपालु बन्नुहोस्, किनकि म एकलो र कष्टित छु। |
|
| 17 |
|
| मेरो हृदयका दु:खहरू बढ़ेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्। |
|
| 18 |
|
| मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। |
|
| 19 |
|
| हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। |
|
| 20 |
|
| मेरो प्राणको रक्षा गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, मैले शर्माउनु नपरोस्, किनकि म तपाईंको शरणमा परेको छु। |
|
| 21 |
|
| ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंमा आशा राख्तछु। |
|
| 22 |
|
| इस्राएललाई त्यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्, हे परमेश्वर। |
|
|
|
|