नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| दाऊदको भजन [1] हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु। |
| 2 |
| मलाई जाँच्नुहोस्, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। |
| 3 |
| किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्ने छ, र तपाईंकै सत्यतामा म निरन्तर चल्दछु। |
| 4 |
| म छली मानिसहरूसँग बस्दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ। |
| 5 |
| कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। |
| 6 |
| निर्दोषतामा म हात धुन्छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु। |
| 7 |
| उच्च स्वरमा धन्यवादको गीत गाउँदै म तपाईंका सबै आश्चर्यकर्मको वर्णन गर्दै हिँड्छु। |
| 8 |
| हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। |
| 9 |
| मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्, |
| 10 |
| जसका हात दुष्ट योजनाले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्। |
| 11 |
| तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्, र ममाथि कृपालु हुनुहोस्। |
| 12 |
| मेरा गोडा सम्म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/026.mp3
150
26