|
| 1 |
|
| हे धर्मीजन हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ। |
|
| 2 |
|
| वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। |
|
| 3 |
|
| उहाँको निम्ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। |
|
| 4 |
|
| किनकि परमप्रभुको वचन ठीक र सत्य छ, र उहाँका सबै काम विश्वस्ततामा हुन्छन्। |
|
| 5 |
|
| परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। |
|
| 6 |
|
| परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्यहाँका ग्रह-नक्षत्रहरू। |
|
| 7 |
|
| उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। |
|
| 8 |
|
| सारा पृथ्वीले परमप्रभुको भय मानोस् संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्। |
|
| 9 |
|
| किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्यो स्थिर रह्यो। |
|
| 10 |
|
| परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्याउनुहुन्छ। |
|
| 11 |
|
| तर परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्, उहाँको हृदयका विचार पुस्तौँसम्म रहिरहन्छन्। |
|
| 12 |
|
| त्यो जाति धन्यको हो, जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्नुभयो। |
|
| 13 |
|
| परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ, र उहाँ सबै मानिसका सन्तानलाई देख्नुहुन्छ। |
|
| 14 |
|
| आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ— |
|
| 15 |
|
| उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ। |
|
| 16 |
|
| कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। |
|
| 17 |
|
| घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो ताकतले पनि बचाउन सक्दैन। |
|
| 18 |
|
| तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, |
|
| 19 |
|
| तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। |
|
| 20 |
|
| हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। |
|
| 21 |
|
| उहाँमा नै हामी हर्षित हुन्छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौं। |
|
| 22 |
|
| हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्। |
|
|
|
|