नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखाअगि परमेश्वरको डर हुँदैन। |
| 2 |
| किनकि त्यसले आफ्नो यति प्रशंसा गर्छ कि आफ्नो पाप त्यसले फेला पार्दैन र घृणा गर्दैन। |
| 3 |
| त्यसको मुखका कुराहरू दुष्ट र छली छन्। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ। |
| 4 |
| त्यसले आफ्नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई अस्वीकार गर्दैन। |
| 5 |
| हे परमप्रभु, तपाईंको कृपा स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वसनीयता आकाशसम्मै। |
| 6 |
| तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्तै छ, तपाईंको न्याय अगाध समुद्रजस्तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ। |
| 7 |
| तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्। |
| 8 |
| तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्छ। |
| 9 |
| किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्योतिमा हामी प्रकाश देख्छौं। |
| 10 |
| तपाईंलाई चिन्नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्। र सत्यनिष्ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्। |
| 11 |
| अहङ्कारीको खुट्टा मलाई कुल्चन नआओस्, न त दुष्टको हातले मलाई गलहत्त्याउन पाओस्। |
| 12 |
| कुकर्मीहरू कसरी ढलेर लम्पसार परेका छन्, तिनीहरू उठ्नै नसक्ने गरी पछारिएका छन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/036.mp3
150
36