नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको भजन [1] हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्। |
| 2 |
| हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? सेला |
| 3 |
| तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ। |
| 4 |
| रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्नो हृदयभित्र तलाश गर र शान्त रहो। सेला |
| 5 |
| उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख। |
| 6 |
| धेरैले सोध्दैछन्, “हामीलाई कसले केही असल कुरा देखाउन सक्छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! |
| 7 |
| तिनीहरूका अन्न र नयाँ दाखमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा बढ़ी आनन्दले तपाईंले मेरो हृदय भर्नुभएको छ। |
| 8 |
| शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/004.mp3
150
4