सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे सबै मानिसहरू हो! आनन्दले ताली बजाओ! उच्च सोरमा भजन गाएर परमेश्वरको प्रशंसा गर! |
| 2 |
| सर्वोच्च परमेश्वर, परमप्रभुको डर मान्नुपर्छ, उहाँ महान् राजा हुनुहुन्छ, उहाँले सारा संसारमा राज्य गर्नुहुन्छ। |
| 3 |
| उहाँले हामीलाई जाति-जातिमाथि विजय गराउनुभयो, उहाँले हामीलाई राष्ट्र-राष्ट्रमाथि राज्य गर्न लगाउनुभयो। |
| 4 |
| हामी बसेको देश उहाँले हाम्रै लागि रोजिदिनुभयो र त्यो उहाँले प्रेम गर्नुभएको आफ्नो प्रजाको गौरवमय सम्पत्ति भयो। |
| 5 |
| परमेश्वर आफ्नो सिंहासनमा गएर बस्नुहुन्छ, उहाँ त्यसरी जानुहुँदा आनन्दका सोर उठ्छन् र तुरहीहरू बज्छन्। |
| 6 |
| परमेश्वरको प्रशंसाको भजन गाओ, हाम्रा राजाको प्रशंसाको गाओ। |
| 7 |
| सारा संसारमाथि परमेश्वर राजा हुनुहुन्छ, भजन गाएर उहाँको प्रशंसा गर! |
| 8 |
| परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ, उहाँले सबै देशहरूमाथि राज्य गर्नुहुन्छ। |
| 9 |
| अब्राहामका परमेश्वरका प्रजासँग देश-देशका राजाहरू भेला हुन्छन्, सबै सेनाहरूभन्दा उहाँ अझ सामर्थी हुनुहुन्छ, उहाँले सबैभन्दा सर्वोच्च भएर राज्य गर्नुहुन्छ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/047.mp3
150
47