×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

भजनमा ४७

1
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।
2
सर्वोच्‍च परमप्रभु कस्‍तो भययोग्‍य हुनुहुन्‍छ, सारा पृथ्‍वीका महान्‌ राजा!
3
उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्‍याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो।
4
उहाँले हाम्रा निम्‍ति उत्तराधिकार छान्‍नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्‍थ्‍यो। सेला
5
परमेश्‍वर आनन्‍दको ध्‍वनिसाथ माथि उक्‍लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ।
6
परमेश्‍वरको प्रशंसा गाओ, स्‍तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्‍तुति गाओ।
7
किनकि सारा पृथ्‍वीका राजा परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको निम्‍ति प्रशंसाको एउटा भजन गाओ।
8
परमेश्‍वर जाति-जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ, परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ।
9
अब्राहामका परमेश्‍वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्‌, किनकि पृथ्‍वीका राजाहरू परमेश्‍वरकै हातमा छन्‌। उहाँ अति उच्‍च हुनुहुन्‍छ।
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्