×

सरल नेपाली पवित्र बाइबल 2008

भजनमा ४८

1
परमप्रभु महान् हुनुहुन्‍छ र हाम्रा परमेश्‍वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ।
2
परमेश्‍वरको पर्वत सियोन अग्‍लो र सुन्‍दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्‍द ल्‍याउँदछ।
3
परमेश्‍वरले देखाउनुभएको छ कि सहरका किल्‍लाहरूभित्र उहाँसित सुरक्षा छ।
4
राजाहरू भेला भएर सियोन पर्वतलाई आक्रमण गर्न आए।
5
तर त्‍यसलाई देखेर तिनीहरू छक्‍क परे, तिनीहरू डराएर भागे।
6
त्‍यहीँ नै तिनीहरूलाई डर र कम्‍पले बच्‍चा जन्‍माउन आँटेकी स्‍त्रीलाई झैँ वेदना भयो।
7
प्रचण्‍ड आँधी-बेहरीले भत्‍काएका जहाजहरूझैँ तिनीहरूलाई तपाईंले नाश पार्नुभयो।
8
परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो हामीले सुनेका छौं, सर्वशक्तिमान्‌ परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा अहिले हामीले त्‍यो देखेका छौं। त्‍यस सहरलाई सदाकालको निम्‍ति उहाँले सकुशल राख्‍नुहुनेछ।
9
हे परमेश्‍वर! तपाईंको मन्‍दिरमा हामी तपाईंको अटुट प्रेमबारे सोच्‍दछौं।
10
मानिसहरूले सबै ठाउँमा तपाईंको प्रशंसा गर्दछन्, पृथ्‍वीभरि उहाँको नाम फैलिएको छ, तपाईंले न्‍यायसाथ राज्‍य गर्नुहुन्‍छ।
11
सियोनका बासिन्‍दाहरू आनन्‍द गरून्। तपाईंले ठीक न्‍याय गर्नुहुन्‍छ, यहूदाका सहरहरूमा आनन्‍द होस्!
12
हे परमेश्‍वरका प्रजा हो! सियोनको चारैपट्टि फेरो लगाओ र धरहराहरू गन।
13
पर्खालहरू ध्‍यान दिएर हेर र गढीहरूको जाँच गर, ताकि तिमीले आउँदा पुस्‍तालाई यसो भन्‍न सकौला:
14
“परमेश्‍वर सदासर्वदाको लागि हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, आउँदा दिनमा हरघडी उहाँले हामीलाई डोर्‍याउनुहुनेछ।”
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्